मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा आयोजना गरेको वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिका ०७७ र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा प्रमुख ढकालले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
नगरप्रमुख ढकालले आगामी कार्यपालिकाको बैठकमा छलफल गरी मानव अधिकार निर्देशिका नगर सभाबाट पारित गरी कार्यान्वयनमा लैजाने उल्लेख गर्नु भयो । वीरेन्द्रनगर नपामा बसोबास गर्दै आएका भुमिहीनहरूको समस्या समाधान गर्न कठिनाई रहेपनि नगर सफासुन्दर र व्यवस्थित गर्न सबैपक्षको सहकार्यको खाँचो रहेको नगरप्रमुख ढकालले औंल्याउनु भयो । सीमान्तृकत समुदाय, विपन्न, दलित र महिलाका अधिकार स्थापित गर्न वीरेन्द्रनगर नपा तत्पर रहेको प्रमुख ढकालको भनाई थियो ।
राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले मानव अधिकारको उल्लङ्घन राज्यबाट हुने चर्चा गर्दै वीरेन्द्रनगर नपाले संविधान प्रदत्त अधिकारहरू संरक्षण तथा सम्बद्र्धनका लागि मानव अधिकार निर्देशिका कार्यान्वयन गर्नको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार पारेको वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्न नवनिर्वाचित जनप्रतिनिधि नै लाग्नुपर्नेमा जोड दिनु भयो ।
स्थानीय तहमा मानव अधिकार संस्कृतिको प्रवर्धन गर्न, स्थानीय तहमा मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्दै विधिको शासन कायम गर्न सहयोग पुगोस भनि वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिका बनाउन इन्सेकले सहजीकरण गरेको संयोजक सुवेदीले बताउनु भयो ।
कार्यक्रममा वीरेन्द्रनगर नपा–३ का वडाध्यक्ष विनोदसिं विष्ट र ८ नम्बरका वडाध्यक्ष टिकाराम शर्माले मानव अधिकार निर्देशिका कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भई लाग्ने बताउनुभयो ।
यस्तै भुमिअधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्माले वीरेन्द्रनगर नपाका भुमिहीनहरूले भोग्दै आएको समस्या समाधान र उनीहरुको अधिकार स्थापित गर्न वीरेन्द्रनगर नपाले चासो नदिएको बताउनु भयो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक ललितजंग शाहीले वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिका र कार्यान्वयनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसी, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, अधिवत्ताद्धय मातृकाप्रसाद खनाल, गीता कोइराला, अधिकारकर्मी सर्मिला विसी, भुपेन्द्र कडेंल र मानव अधिकार समुह वीरेन्द्रनगरका संयोजक लक्ष्मी शर्मा लगायतले बोल्नु भएको थियो ।
इन्सेक प्रदेश संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, नागरिक संस्थाका प्रमुख एवम प्रतिनिधि, संचारकर्मी, अधिकारकर्मी र कानुन व्यावसायीहरूको उपस्थिति रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…