मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्म धुलिखेलमा सञ्चालन गरिएको मध्यमाञ्चल क्षेत्रका विभिन्न सात जिल्लामा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले राज्यबाट प्रदान गरिने सेवा र सुविधाका विषयमा नागरिक सचेत र सजग रहनुपर्ने बताए । कार्यक्रम सञ्चालनका लागि आवश्यक सन्दर्भ सामग्री र सूचनाहरू इन्सेकबाट उपलव्ध गराइने बताउँदै उनले स्थानीय निकायहरूसँग समन्वयकारी भूमिकामा रहनुपर्नेमा उनले जोड दिए । उनले भने-'पहिलेभन्दा कार्यक्रम विस्तार गरिएको छ । कार्यक्रम सञ्चालनमा व्यवस्थापकीय कुनै कमजोरी रहन्न ।'
इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले गाउँका विषय गाउँबाटै समाधान नभएमा जिल्ला, क्षेत्र वा केन्द्रसम्म पुर्याउन निगरानी समूहको महत्वपूर्ण भूमिका हुने बताए । उनले नीतिमा भएको तर व्यवहारमा नभएको विषयलाई उठाउनुपर्ने बताए । सहभागीका तर्फबाट सिन्धुपाल्चोककी रेखा थापा, बाराका फूर्साङ लामा, धनुषाकी उर्मिला यादव र रामेछापका बाबुकाजी दाहालले तालिम फलदायी भएको बताएका थिए ।
इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम मध्यमाञ्चल क्षेत्रका सात जिल्लामा सञ्चालन भएको छ । धनुषाको शान्तिपुर र बटेश्वर, धादिङको गोगनपानी र कल्लेरी, रामेछापको पुरानागाउँ, पर्साको गादी र मधुवन मथौल, सिन्धुपाल्चोकको ठूलोपाखर र थुम्पाखर, दोलखाको बोच र लाकुरीडाँडा, बाराको भोडहा र मनहर्वा गाविसमा ३ वर्षसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।
तालिममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार, सेवा प्रदायक निकाय र तिनीहरूका काम, कर्तव्य, अधिकार, नेतृत्व विकास, नेपालको संविधान र मौलिक हक, सरकारको नीति तथा कार्यक्रम र सम्वन्धित कार्यालयको भूमिका, विकास, सुशासन र पारदर्शिता, समस्या पहिचान आदि विषयमा सत्र सञ्चालन गरिएको थियो ।
भोजराज तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…