मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न

  ०८१ माघ ३० गते

अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेस संयोजक खडकराज जोशीले मानव अधिकार समूहको पहलमा वातावरणीय अधिकारको सुनिश्चितताका लागि महाकाली सुगरमिल विरुद्ध उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पीआइएल दर्ता गर्न सफल भएको बताउनु भयो ।

बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा अवस्थीत महाकाली सुगरमिलबाट निस्कने फोहोरमैला ब्यावस्थापन हुन नसक्दा स्थानीय नागरिक र पशुपन्छीको स्वास्थ्यमा समेत असर परेको कारण नागरिकको मौलिक अधिकार स्वाच्छ वातावरणको अधिकार सुनिश्चित गर्न पीआइएल गरेको उहाँले बताउनु भयो ।

photo20250212kailali(5)

मानव अधिकार समूहकी सचिव कमला चौधरीले बेलौरी नगरपालिकामा मानव अधिकार समूहको कार्यक्रमका लागि नगरपालिकाले बजेटको व्यवस्था गरी सम्झौता समेत भइसकेकाले आगामी फागुन १५ गतेदेखि कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

मानव अधिकार समुहका सदस्य सोमनाथ रानाले लालझाडी गाउँपालिकामा मानव अधिकार समुहका लागि नीति तथा कार्याक्रम अन्तर्गत कार्यक्रमको सम्झौताको तयारी भइरहेको बताउनु भयो ।

मानव अधिकार समूहका सदस्य रुपेश खरेलले पुनर्वास नगरपालिका—२ स्थित भागेश्वर सुगरमिलबाट निश्कासित फोहोरमैलाका कारण वातावरण प्रदुषण भइरहेकोले उक्त प्रदुषण नियन्त्रणका लागी पुनर्वास नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण— पत्र बुझाउन आवश्यक रहेको बताउनु भयो ।

photo20250212kailali (2)

मानव अधिकार समूहका सदस्य नरदिप धामीले गोदावरी नगरपालिकाको चुरे संरक्षणका लागि नदिजन्य पदार्थको उत्खननमा रोक लगाउन नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण— पत्र बुझाउन आवश्यक रहेको र त्यसका लागि तयारी भइरहेको बताउनु भयो ।

मैनामोती चौधरी