मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सम्पन्न

  ०७९ फागुन १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारको तालिम ०७९ फागुन १५ र १६ गते हेटौँडामा सम्पन्न भएको छ ।

20230227_102320

अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका दुई पालिकाका स्थानीय महिला तथा पुरुषलाई तालिम दिइएको हो ।

20230227_105209

तालिममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानवले आफ्नो अधिकारको नाममा अरुको अधिकार हनन् गर्न नहुने बताउँदै प्रत्येक व्यक्तिले आआफनो तर्फबाट मानव अधिकारको रक्षाको लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

20230227_103138

कालाखेतीले पालिका शिक्षा, स्वास्थ्य, वातावरणलगायतको सवालमा सचेत रहेको बताउनुभयो । मानव अधिकार विषयको शिक्षा आर्जनमा जोड दिनुपर्ने बताउँदै कालाखेतीले शिक्षाको स्तर बढाउन सकेको खण्डमा चेतना स्तरमा समेत बृद्धि हुने बताउनुभयो ।

20230228_114557 (1)

स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो । दुई दिने तालिममा प्रदेश संयोजक भण्डारीले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिलाविरुद्धका हिंसाका घटनामा कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै तालिमका मुख्य प्रशिक्षक राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानव अधिकारको विश्वव्यापी सिद्धान्त, नेपालको मानव अधिकारको कानुन, मानव अधिकार उल्लङ्घन विरुद्ध हुने कानुनहरूका बारेमा प्रस्तुती दिनुभयो ।

उक्त तालिममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, इन्सेक कार्यक्रम संयोजक कृष्ण नेपाल, मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यज्ञ प्रसाद अधिकारी, नेपाल बार एसोसिएशनको अधिवक्ता अप्सरा बस्नेत, बाल कल्याण समाजका प्रमुख प्रकाश खतिवडाले सहभागीहरूलाई तालिम दिनुभएको थियो ।

WhatsApp Image 2023-02-28 at 4.31.02 PM

पुष्पराज अधिकारी