मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम ०८० साउन १९ गते हेटौँडामा सुरु भएको छ ।
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका दुई पालिकाका स्थानीय महिला तथा पुरुषलाई तालिम दिइएको हो ।
जिल्ला अदालत मकवानपुरका माननीय न्यायाधीश ऋषिराम निरौलाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा उहाँले अरुको कुरा सुन्नी, मानव अधिकारको बारेमा आफ्नो अनुभव बताउने, दोधार भएका कुराहरूको स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुराहरू अरुलाई पनि सिकाउनु पर्ने कुरा बताउनु भयो । तालिम प्राप्तिपछि कार्यन्वयनका लागि स्थानीय तहमा गएर समूहमा थप छलफल गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । आय आर्जनका लागि केही वस्तु र सामाग्री मागेर हैन सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रूपमा र स्थायित्व कायम हुने उल्लेख गर्नु भयो । न्यायाधीश निरौलाले तालिममा कानुनको प्रभावकारी कार्यान्वयन र न्यान निरुपण गर्ने कार्यको लागि महिला समूह, स्थानीय सरकारको पनि महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनु भयो ।
उक्त तालिममा इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीले लैङ्गिक समानताको मध्यनजर गर्दै सबै कार्यक्रममा महिलाको पनि सहभागिता हुन जरुरी रहेको बताउनु भयो । महिला अधिकारको विषयमा स्थानीय तहबाट कार्यन्वयनको लागि सबै युवा तथा पुरुषहरूको पनि भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । अवसर र पहुँचको अभावका कारण अझै पनि महिला, दलित र विपन्न वर्ग अधिकारको पहुँचबाट पिछडिएको महासचिव डा. अधिकारीले बताउनु भयो । वञ्चितमा रहेका वर्गहरूलाई विकासको मूल प्रवाहिकरणसँगै मानव अधिकार मैत्री विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक उन्नयन बिना मानव अधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारको साथसाथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । मानव अधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुने उहाँले उल्लेख गर्नुभयो । मानव अधिकार अराजकता होइन, अधिकारसँगै कर्तव्य पनि निर्वाह हुनुपर्नेमा उहाँले बताउनु भयो ।
इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार समूहका सदस्यलाई दिइएको यस तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताउनु भयो । यस्तै स्थानीय पालिका मानव अधिकारमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । संयोजक भण्डारीले वडामा आय आर्जनमा आवद्ध महिला समूहलाई मानव अधिकार र महिला अधिकार घरेलु हिंसाको पहिचान न्याय प्रकृयामा पहुँच र नेतृत्व विकासको पाटोमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले यस तालिमबाट प्राप्त ज्ञान र क्षमता आआफ्नो समूहका सदस्यहरूलाई सिकाउन सके यस कार्यक्रमको उद्देश्य पुरा हुने समेत बताउनु भयो ।
मनहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले मानव अधिकारको कुरामा सबैले यसको उल्लङ्घन बारे जानकारी लिनु निकै उपयुक्त रहेको बताउनु भयो । अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक कुरामा पनि ध्यान दिनुपर्नेमा उहाँले जानकारी दिनुभयो । हरेक तालिममा महिलाको साथसाथै पुरुषको पनि सहभागि गराउन सकेमा दुवैले समान रुपमा काम गर्न सक्ने उहाँको भनाई छ ।
मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक कुरामा अगाडि बढ्न आफैमा सक्षम बन्न जरुरी रहेको बताउनु भयो । महिला अधिकारको तालिममा पुरुषलाई पनि सहभागि गराउनु पर्नेमा उहाँले जोड दिनुभयो । यस तालिममा सिकेका सबै कुराहरू परिवारमा पनि जानकारी गरी सबैमा सचेत बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरूको उपलब्धीहरू, सिकाई, चुनौती र दिगोपनका विषय निकै महत्तो रहेको बताउनु भयो । मानव अधिकार उल्लङ्घनको कुराहरू सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुने उहाँले उल्लेख गर्नुभयो ।
उक्त तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरूसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताउनु भयो ।
डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिल कुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण गर्नको लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलाहरूलाई आएआर्जनमूलक कार्यमा आफै आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । महिला आफैमा सक्षम भएमा सबै क्षेत्रमा अगाडि बढ्नमा र महिला हिंसा न्यूनीकरण हुने कुरामा स्पष्ट पार्नुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…