मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा इन्सेक कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समुहमार्फत सचेतना कार्यक्रम, मानव अधिकारसम्बन्धी अन्तर्किया,जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरूसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले संविधानले सुनिश्चित गराएको अधिकारका बारमा कार्यपत्र प्रस्तुत गर्दै जनताको अधिकार प्रत्याभुत गराउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । यस्तै उहाँले स्थानीय पालिका मानव अधिकारमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख शैलेश बास्कोटाले मानव अधिकारको विषयमा मनहरी संवेदनशील रहेको बताउँदै आउँदो नीति तथा कार्यक्रममा पनि मानव अधिकारको विषयलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले हेटौँडा उपमहानगरपालिका-१९ र मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन गरेको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…