मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी दुई दिने तालिम हेटौँडामा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय मानव अधिकार महिला समूह र बाल समूहका पदाधिकारी तथा सदस्यहरूलाई मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी दुई दिने तालिम ०८० भदौ ८ गते हेटौँडामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ का रिन्यु परियोजनामा आवद्ध रहेका १५ ओटा महिला समूहका महिलाहरू र बाल अधिकार समूहका बालिकाहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले संविधानले सुनिश्चित गराएको अधिकार, मौलिक हक संरक्षणमा स्थानीय तहको भुमिका र न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जनताको अधिकार प्रत्याभुत गराउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
उहाँले आर्थिक अधिकारमार्फत् जनताको जीवनस्तर माथि उठाउन आवश्यक रहेको उल्लेख गर्दै सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुने बताउनु भयो । यस्तै दुई दिनसम्म तालिमको क्रममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके मानव अधिकार सुनिश्चित समाज निर्माण हुनसक्नेमा जोड दिनुभयो ।
यसैगरी समापन कार्यक्रमको अध्यक्षता गर्नु भएको इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले इन्सेकले स्वास्थ्य, शिक्षा, आवास तथा खाद्य अधिकारको संरक्षण तथा संवर्द्धनमा स्थानीय तहको भूमिका सम्बन्धमा र नेतृत्व विकास तथा महिला सशक्तिकरणको विषयमा अभिमुखीकरण गर्दै आएको बताउनु भयो ।
इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले तालिमको सहजिकरण गर्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरूका लागि मानव अधिकार, बाल अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम गरिरहेको बताउनु भयो ।
यस्तै मानव अधिकार समूह मनहरीका अध्यक्ष बिमला गोपालीले मनहरीमा परियोजना सञ्चालन भएपछि मानव अधिकारका समग्र पक्षको पहिचान गरी अधिकार प्राप्तिको लागि स्थानीय तहलाई जिम्मेवार बनाउँदै आएको बताउनु भयो । साथै मनहरीका मानिसहरूमा पनि आफ्नो अधिकार प्राप्तिको लागि आवाज उठाउन सक्षम बन्दै गएको बताउनु भयो । यस्तै समूहले स्थानीय तहलाई जिम्मेवार बनाउने, हरेक विद्यालयमा सिसि क्यामेरा जडानको माग, भुमिहिन सुकुम्बासीलाई जग्गा वितरण लगाएतका माग राखेर ज्ञापनपत्र समेत दिएको र स्थानीय तहले समूहको मागलाई सम्बोधन समेत गर्दै आएको बताउनु भयो ।
यसैगरी डब्लुपिडि नेपालकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईले विगत तीन वर्षदेखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । समूह मार्फत् महिलाको सशक्तिकरण र हिंसा न्यूनीकरणका लागि काम भइरहेको जानकारी दिनुभयो । मानिसहरूमा अधिकार प्राप्त गर्ने अठोट, मानव अधिकारका सवाल, कानुनी संयन्त्राबारे जानकार हुनुले परियोजनाको औचित्य पुष्टि हुँदै गएको उहाँले बताउनु भयो ।
मनहरी गाउँपालिका-३ की महिला समूह मोटिभेटर अम्बिका पौडेलले इन्सेकले परियोजना मार्फत महिला तथा बालबालिकामा मानव अधिकारको विषयमा जानकार हासिल गर्न सहयोग पुगेको बताउँदै भन्नुभयो, 'संस्थाले लगानी गरेको छ । हामीले यसलाई अवसरको रुपमा लिनुपर्छ । निरन्तरता र दीगोपना हुनुपर्छ र ज्ञान सीप अरुलाई पनि सिकाउनुपर्छ ।'
मनहरी गाउँपालिका-१, मकरीकी महिला समूह मोटिभेटर सोमलक्ष्मी प्रजाले मानव अधिकारको क्षेत्रमा काम गर्न सबै स्थानीय तहले चासो दिने बताउँदै स्थानीय तहको सहयोग लिएर मानव अधिकार उल्लङ्घनका पीडितलाई उचित राहत र न्याय प्रदान गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
हेटौँडा उपमहानगरपालिका-१९, नेवारपानी महिला समूहकी मोटिभेटर सुस्मिता सुवेदीले यस्ता कार्यक्रम र तालिम स्थानीय तहले नै सञ्चालन गर्नुपर्ने हो तर इन्सेक र डब्लुपीडीको यस्तो तालिम दिएर महिलाहरूमा कानुनी सचेतना आएको बताउँदै यसले मानिसहरूमा सकारात्मक परिवर्तन आएको बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…