मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

  ०७८ पुस ५ गते

जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयबिच पुस ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक प्रदेश १ कार्यालय मातहतका जिल्ला प्रतिनिधिले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि समीक्षा गर्दै जिल्ला प्रतिनिधिसँग प्रदेश कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो ।

अन्तरक्रियामा इन्सेक प्रतिनिधिले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गर्दा भोग्नु परेको समस्या र चुनौती विषयमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया गरिएको इन्सेक प्रदेश १ कार्यालय प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।

जिल्लामा इन्सेक प्रतिनिधिले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणसहित पीडित पक्षलाई न्याय दिलाउन मानव अधिकारकर्मीको भूमिका के कसरी खेल्ने र सोको दस्तावेजीकरणको महत्वका विषयमा इन्सेक अनलाइन सम्पादक रमेशप्रसाद तिम्सिनाले बताउनु भयो ।

इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि जिल्ला प्रतिनिधिसँग सात ओटै प्रदेशमा अन्तरक्रिया गरिने र जिल्लामा मानव अधिकारको अवस्था के कस्तो छ भनि विश्लेषण गरिने इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।

उहाँले कतिपय अवस्थामा मानव अधिकार रक्षक आँफै समस्यामा पर्ने भएकाले इन्सेकले मानव अधिकार रक्षकलाई सहयोग गर्ने र सो सहयोग जिल्ला प्रतिनिधिमार्फत हुने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा अभिलेखीकरण गरिएका घटना र जिल्लाको मानव अधिकार अवस्थाका विषयमा जानकारी गराएका छन् ।

Photo 20211220 Morang (1)

Photo 20211220 Morang (2)

Photo 20211220 Morang (3)

अर्जुन दर्जी