मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनमा पुस २१ गते सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिसँग मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक अभियानमा मानव अधिकारको संरक्षण गर्न अभिलेखिकरण महत्वपूर्ण हुने भएकाले जिल्ला प्रतिनिधीहरुले सूचना सङ्कलन गरी अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
इन्सेक अनलाइनका सम्पादक समेश तिमिल्सिनाले जिल्ला प्रतिनिधिहरुले इन्सेक अनलाइन निर्देशिका अध्ययन गरी घटना प्रधान समाचारसँगै आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारसँग सम्बन्धीत समाचार लेखनमा ध्यान दिन आवश्यक भएको बताउनु भयो ।
मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तकका आवश्यक पर्ने सूचनाहरु नेपाल मानव अधिकार वर्ष पुस्तक फरम्याटमा समयमै पठाउन आग्रह गर्नु भयो ।
सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले जिल्लाको मानव अधिकार अवस्था, काम गर्दा आइपरेका समस्या तथा चुनौतीको बारेमा संक्षिप्तमा प्रस्तुत गरेका थिए ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…