मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया पुस १२ गते गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा गण्डकी प्रदेश मातहतका जिल्ला प्रतिनिधिले आफ्ना जिल्लामा सन २०२१ जनवरी देखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा बोल्दै इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले इन्सेक जिल्ला प्रतिनिधिहरु आफ्नो जिल्लाहरुमा इन्सेकको पहिचान रहेको बताउदै पीडितले इन्सेकबाट न्यायको अपेक्षा राखेको बताउनुभयो । उहाँले प्रतिनिधिहरुले पीडितसँगै पुगेर घटनाहरुको अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तकले नेपालको मानव अधिकारको अवस्था चित्रण गर्ने भएकाले मानव अधिकार उल्लंघनका सबै घटनाहरुलाई समेट्न आवश्यक रहेको बताउनुभयो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बालिकहरुको बढी पीडित भएको अभिलेखले देखाएको बताउनुभयो ।
सन २०२१ को जनवरी देखि डिसेम्बरसम्म कास्की जिल्लामा ८१, तनहुँमा १ सय १६, म्याग्दीमा २४, पर्वतमा २५, स्याङ्जामा ३५, लमजुङमा २५, नवलपुरमा ४९, बागलुङमा ५६, गोरखामा २९ ,मुस्ताङमा चार र मनाङमा कुनै पनि घटना नरहेको इन्सेकको अभिलेखमा रहेको छ ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…