मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धिः इन्सेक
घिल्लो वर्षभन्दा सन् २०१८ को नोभेम्बरसम्म जिल्लामा मानव अधिकारका घटनामा बृद्धि भएको पाइएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनले त्यस्तो अवस्था देखाएको हो ।
अघिल्लो वर्षको यहि अवधिसम्म जिल्लाभरमा १९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएकोमा यो वर्षमा हालसम्म २५ ओटा घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ ।
२५ ओटा त्यस्ता घटनामध्ये महिला हिंसाका मात्र आठ ओटा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी कर्णाली प्रदेशका साँसद दानसिंह परियारले देशको केन्द्रीय स्तरसम्म जिल्लाका कुनै राजनीतिक दल र तिनका नेताहरूको पहुँच पुग्न नसक्दा मुगाली जनताले पाउनु पर्ने न्यूनतम सेवा सुविधाबाट वञ्चित हुने अवस्था आएको बताए ।
राज्यबाट प्रवाह हुने सवै सेवा सुविधा निश्चित व्यक्तिले मात्र प्रयोग तथा उपभोग गर्दा नागरिकले पाउनु पर्ने सेवा सुविधाको अधिकारबाट वञ्चित हुनु परेको उनको कथन छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुमा मात्र नभएर कर्णालीमा नै सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक क्षेत्रमा मानव अधिकारको उल्लङ्घन भएको बताए ।
जिल्लामा बालविवाह, बहुविवाह, घरेलु हिंसाले प्रश्रय पाउँदै आएकाले जिल्लाको मानव अधिकारको क्षेत्रमा सन्तोष गर्ने अवस्था नभएको उनको भनाई छ ।
जीवन सेजुवाल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…