मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि
गएको पाँच महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि भएको छ । पाँच महिनामा ४८ वटा घटना अभिलेख गरिएको इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले असार ६ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै गत पुस १७ गतेदेखि ०७५ जेठ १७ गतेसम्मको अवधिमा महिला हिंसाका मात्र ३९ वटा घटना अभिलेख गरिएको इन्सेक प्रतिनिधि सन्तोष रूचालले बताए ।
अघिल्लो वर्षको पाँच महिनामा १७ जना महिला हिंसाबाट पीडित थिए । तर, यस वर्षबढेर ३९ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । सो अवधिमा दुई जनाको हत्या भएको छ । त्यस्तै बहुविवाहका घटना दुई वटा, महिला बलात्कार एउटा, बालिका बलात्कार दुई वटा भएको प्रतिवेदनमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा जिल्लामा भौतिक संरचना तथा क्षतिका तीन वटा र राज्य पक्षबाट कुटपिटका तीन वटा घटना भएको इन्सेक प्रतिनिधि रूचालले बताए । अघिल्लो वर्षपाँच महिनाको अवधिमा १९ वटा मात्र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको थियो ।
नेपाल मानव अधिकार प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले जिल्लामा मानव अधिकारको घटनामा बृद्धि हुँदै आएकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चुवानले प्रतिवेदनमा उल्लेख भए अनुसार जिल्लामा महिला हिंसाको घटना बृद्धि हुँदै आएकोमा चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि जनचेतनामुलक अभियान सञ्चालन गर्नु पर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नैन विश्वकर्माले जिल्लामा मानव अधिकारको घटना बढेर जानु दुःखद् रहेको उल्लेख गर्दै यसको न्यूनीकरणको लागि सम्पूर्ण सरोकारवाला निकायहरू सक्रिय रहनु पर्नेमा जोड दिए ।
सन्तोष रूचाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…