मानव अधिकार उल्लङ्घनका पीडितका लागि रिफरल संयन्त्र गठन
मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको वैशाख १० गतेको बैठकले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको सहयोगको लागि रिफरल संयन्त्र गठन गरेको छ ।
मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई सहयोग तथा न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउन सहयोग गर्ने उदेश्यका साथ महिला अधिकारकर्मी शोभा सिंहको संयोजकत्वमा ११ सदस्य रिफरल संयन्त्र गठन गरिएको हो ।
रिफरल संयन्त्रका अन्य सदस्यहरुमा महिला मानव अधिकार रक्षक सञ्जालबाट बिजया नगरकोटी, पाँचतारा युवा संरक्षक मञ्चबाट आशा कार्की, राष्ट्रिय दलित नेटवर्कबाट बसुन्धरा विक, नेपाल पत्रकार महासङ्घबाट भरत शर्मा, गैसस महासङ्घबाट कृष्णजङ्ग शाह, बहुआयामिक तथा विकास मञ्चबाट विपना रावल, नेपाल बार एशोशियसनबाट सरस्वती शर्मा, एकल महिला समूहबाट पद्मी परियार, युवा जागरण विकास केन्द्र नेपालबाट धर्मराज परियार सदस्य रहनु भएको छ भने इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ सदस्य सचिव रहनु भएको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ । तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश…
मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न…
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…