मानव अधिकार अवस्थाका सम्बन्धमा साझेदारी बैठक सम्पन्न
जिल्लाको मानव अधिकारको अवस्था र चुनौतीका विषयमा जिल्लास्थित अधिकारकर्मी, वकिल, सञ्चारकर्मीहरूसँगको साझेदारी बैठक सम्पन्न भएको छ । इन्सेक नेपालगञ्जको आयोजनामा जाजरकोट सदरमुकाममा वैशाख ५ गते बैठक आयोजना गरिएको हो ।
बैठकमा जाजरकोट जिल्लामा सबैभन्दा बढी बालविवाह, बलात्कार र महिला हिंसाका घटना रहेका औँल्याउँदै सचेतनामा जोड दिइएको छ ।
शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि निकै समस्या रहेको सरोकारवालाहरूले बताएका छन् । स्थानीय तहबाट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने बजेट समेत नछुट्याउने गरेको र स्वास्थ्य संस्थाहरूमा समेत सामान्य औषधिको अभाव रहेको समेत बैठकमा सहभागीहरूले बताएका छन् ।
साझेदारी बैठकमा जिल्लामा घट्ने कर्तव्य ज्यानलगायत अन्य जघन्य अपराधका घटनालाई प्रहरीले सुरूमा मुद्दा दर्ता गर्न समेत आलटाल गर्ने यदी मुद्दा दर्ता गर्न बाध्य भएको अवस्थामा मुद्दाको मिसिलनै कमजोर बनाउने खालको समस्या रहेको समेत सरोकारवालाहरूले आरोप लगाएका छन् ।
साझेदारी बैठकमा इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले इन्सेकले २५ वर्षदेखि प्रकाशन गर्दै आएको मानव अधिकारका घटनाको अभिलेखीकरण मानव अधिकार वर्ष पुस्तकलाई विस्तारै परिस्कृत गर्दै आएको र अहिले मुलुक सङ्घीय संरचनामा गएको अवस्थामा इन्सेकले समेत आफ्नो पुस्तकलाई प्रादेशिक संरचनामा यस प्रकाशन गर्न थालेको बताए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…