मानव अधिकार अवस्थाका बारेमा छलफल कार्यक्रम सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूसँग जेठ ४ गते मानव अधिकारको अवस्थाका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण, महिला तथा बालबालिकाको अधिकार लगायतका विषयमा मानव अधिकार रक्षक सञ्जालले गरेका गतिविधिका बारेमा छलफल गरिएको छ ।
सञ्जालका संयोजक भागीलाल बिकले बालबालिका र महिला हिंसाका घटनामा मेलमिलाप तथा न्यायीक प्रक्रियाकालागि सहयोग गरेको बताउदै जातीय विभेदका घटनाहरू समाज अझै रहेको बताउनु भयो ।
बाल विवाह न्यूनिकरण गर्न चुनौती रहेको बताउदै बिकले जातीय विभेद र बाल विवाह न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
सह संयोजक तुलसा ज्ञवालीले पक्षघातका कारण १२ वर्षसम्म थला परेकी बैजनाथ गाउँपालिका –६की ओइली पुनमगरको अपाङ्गता परिचय पत्र बनाउन पहल गरी निलो परिचय पत्र बनाउन सफल भएको बताउनु भयो ।
सञ्जालका सदस्य एवम् अपाङ्गता सञ्जालका सदस्य वेदप्रसाद आचार्यले स्थानीय तहका वडाहरूमा पटक पटक अपाङ्गमैत्री भवन तथा वातावरण बनाउन पहल गर्दा पनि सुनुवाइ नभएकोले सञ्जाल मार्फत दबाबसहित माग गर्न जरूरी रहेको बताउनु भयो ।
सञ्जालकी सचिव लक्ष्मी सुनारले गाउँमा रहेको क्रसर उद्योगले वातावरण प्रदुषण गरेको र खानेपानीको समस्या भएको रहेको बताउनु भयो ।
उक्त गाउँपालिकामा इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रममार्फत स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्दैै आएको छ ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…