मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८१ भदौ २८ गतेबाट नेपालगञ्जमा सुरु भएको छ ।
उक्त कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको संरक्षण, सम्वर्द्धन, अनुसन्धान, वकालत, सङ्घर्ष क्षेत्रमा काम गरिरहेको बताउनु भयो । मानव अधिकारको प्राथमिकता क्षेत्र व्यापक हुँदै गएको सन्दर्भमा मानव अधिकारका घटना देखिने र नदेखिने खालका हुने भएकाले नदेखिने घटनालाई सुक्ष्म तरिकाले खोज्नु पर्ने उहाँको भनाइ छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बदलिँदो परिवेश अनुसार मानवको अधिकार पैरवी सवाल फेरबदल आएको उल्लेख गर्दै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूले तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरणमा जुट्न सुझाव दिनुभयो ।
कार्यकारी निर्देशक गौतमले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा सम्बन्धमा प्रस्ट पार्नुभयो । द्वन्द्वको समयमा मानव अधिकार अभियान सञ्चालन, मावन अधिकारमैत्री कानुन निर्माण, निर्वाचनको समयमा मतदाता शिक्षा, राष्ट्रिय मानव अधिकार आयोगको स्थापनामा इन्सेकको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनु भयो । संयुक्त राष्ट्रसङ्घले राखेको १० वर्षको द्वन्द्व रिर्पोटमा इन्सेकलाई स्रोतको रूपमा उल्लेख गरिनुले संस्थाप्रतिको विश्वासनीयता उच्च रहेको उहाँले बताउनु भयो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन जारी भइसकेकोले सशस्त्र युद्धको समयका मृतक, बेपत्ता पारिएका व्यक्तिका परिवारजन, घाइते तथा पीडितहरूसँग इन्सेक जिल्ला प्रतिनिधिहरूको सम्पर्क तथा सूचना प्रवाह विषयमा यस पटकको तालिमलाई केन्द्रित गर्न लागिएको प्रलेख विभाग प्रमुख मदन पौडेलले बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि इन्सेक जिल्ला प्रतिनिधिहरूले घटना अभिलेखीकरणका क्रममा भोगेका समस्या र समाधानका उपाय विषयमा छलफल गरिएको थियो । जिल्ला प्रतिनिधिहरूले घटना अभिलेखीकरणका क्रममा प्रहरी, अदालत, सरोकारवालासँगको सहकार्य, पीडितले राहत सहयोगको अपेक्षा गर्ने गरेको समस्याको बारेमा छलफल गरिएको थियो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…