मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

WhatsApp Image 2024-05-31 at 6.12.37 PM

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यवाहक प्रमुख रेखा दत्तले मानव अधिकार अनुगमन तथा प्रलेखिकरण सम्वेदनशिल कार्य भएको बताउनु भयो । मानव अधिकारकर्मीहरुले मानव अधिकारसँग सम्बन्धित विषय वस्तु तथा घटनाको अभिलेख सत्य तथ्यमा आधारित हुनु पर्नेमा जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको विषय वस्तुलाई उजागर गर्न, पीडितको न्यायका लागि र दोषीलाई कानुनको दायरामा ल्याउन मानव अधिकार अनुगमन तथा प्रलेखिकरण आवश्यक रहेको बताउनु भयो । वातावरणको सवाललाई पनि मानव अधिकारको दृष्टिकोणबाट मानव अधिकार रक्षकहरुले उठान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । वातावरण गुणष्तरमा ह्रास आएको कारण मानिसको जनजिवन प्रभावित भइरहेकोले यसप्रति हामी सबै गम्भीर भएर सचेतनाका अभियान चलाउनुपर्ने उहाँले बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेश अध्यक्ष रेखा झाले मानव अधिकारकर्मीहरु सुझबुझका साथ स्थलगत अध्ययन गरेर घटनाको अभिलेख गरी पीडितको न्यायका लागि पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक राजकुमार महासेठले मानव अधिकार घटनाको अनुगमन र अभिलेखिकरणको कार्य मानव अधिकार रक्षकहरुले गर्ने उल्लेख गर्नु हुँदै मानव अधिकार घटनाको अनुसन्धान कार्य राज्यका निकायले गर्ने बताउनु भयो ।

मानव अधिकारका सवालमा मानव अधिकारकर्मीहरुले घटनाको सत्य तथ्यको खोजि गरी अनुगमन र प्रलेखिकरण कार्य गर्नु पर्ने साथै इमानदारिता, गोपनियता र निष्पक्षतामा पनि ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

वातावरण विज्ञ अजित श्रीवास्तवले भौतिक, जैविक र सामाजिक तथा आर्थिक वातावरण मानव अधिकार र वातावरणको अधिकारसँग अन्तरसम्बन्धित रहेको बताउनु भयो । वातावरणको अधिकार नागरिकको मानव अधिकार भएको उहाँले उल्लेख गर्नु हुँदै वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न आजको परिप्रेक्षमा वृक्षा रोपण बाहेक अरु कुनै विकप्ल नरहेको उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा मानव अधिकारकर्मी कुल्दिप शाहले मानव अधिकारको अनुगमनका प्रकार र आधारभूत सिद्धान्तहरू सम्बन्धी तालिमद्वारा सिकेको बताउनु भयो ।

कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी र इन्सेक सिरहा, सर्लाही, महोत्तरी, रैतहट, धनुषाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

IMG_20240531_100559

IMG_20240531_102508

IMG_20240531_100110

IMG_20240531_100122

IMG_20240531_100136

IMG_20240531_102523

सन्तोषकुमार यादव