मानव अधिकारसम्बन्धी दुई दिने तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूका लागि मङसिर १५ गतेदेखि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।
मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनवकालत, शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेद विरुद्धको अधिकारसम्बन्धी गाउँपालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्थाका बारेमा तालिममा छलफल गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनु भयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले लक्षित वर्गहरूको हक अधिकारको लागि मानव अधिकार समूहसँग सहकार्य गर्दै मानव अधिकारमैत्री काम गर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशकी प्रमुख मायादेवी शर्माले क्षमतामा अभिबृद्धि तालिमहरू निरन्तर गरिरहनु पर्ने बताउनु भयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…