मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते नेपालगञ्जमा सुरु भएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले युएसएआइडीको आर्थिक सहयोगमा नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत द एसिया फाउन्डेसनसँगको सहकार्यमा फोरम एसियाले ओरेक, इन्सेक तथा सिएसआरसी जस्ता स्थापित संस्थाहरूसँग यस परियोजनाका लागि सहकार्य गरेको बताउनु भयो । उहाँले मानव अधिकार, नागरिक स्थान र लोकतन्त्रको प्रवर्द्धन गर्न क्षमता, स्रोत र सीपहरूको माध्यमबाट मानव अधिकार संस्थाहरूको सबलीकरण गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमहरूमा युवा, महिला र सीमान्तकृत समुदायको सहभागिता र सक्रियता शून्यको अवस्थामा रहेको तर, अहिले उक्त समुदायको सक्रियता बढेको संयोजक महतले उल्लेख गर्नुभयो ।
मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक प्रकाश उपाध्यायले तालिममा महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको आफ्नो क्षमतागत विकास र आर्थिक तथा समाजिक अधिकारका सवालहरूमा भोग्नुपरेको समस्याहरू उठाउन थप सहज हुने बताउनु भयो ।
मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक मिस केके पन्तले लुम्बिनी प्रदेशमा सबै प्रकारका हिंसाका घटना हुने गरेकाले यस विषय गम्भीर बन्दै गएकोमा सो अनुसारको चिन्तन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले हिंसा न्यूनीकरणका लागि कुनै एक पक्ष मात्र लागेर नहुने भएकाले सबै सरोकारवाला बीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भयो । समाजमा हुने हिंसा न्यूनीकरणका लागि सामाजिक चेतना, आर्थिक समानता, रोजगार, राज्यको प्रभावकारी नीति तथा कार्यक्रम र लैङ्गिक बजेट आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले यस तालिम मार्फत सबैको व्यक्तिगत क्षमता विकास हुनुपर्ने उल्लेख गर्नुभयो ।
तालिममा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई मानव अधिकार सयन्त्र, मानव अधिकार विकासक्रम, मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका र नेतृत्व विकास लगायत विषयमा जानकारी दिइने छ ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…