मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा चैत ३० गते सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले इन्सेकले हाम्रो गाउँपालिकामा काम गरेर मानव अधिकारको सवालमा हामीलाई जबाफदेही बनाउन मद्दत गरेको बताउनु भयो ।
‘हामीले काम गर्दा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधारका कामहरू अस्तव्यस्त थियो । त्यस्तो अवस्थामा दलितहरूलाई प्राथमिकतामा राखेर सोही अनुसारको काम गरी शिक्षा, स्वास्थ्यका सवालमा उल्लेखनीय काम गरेर देखाएका छौँ ।’–उहाँले भन्नु भयो ।
इन्सेकका प्रदेश संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबिच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो ।
इन्सेकले मानव अधिकारको प्रत्याभूति गराउन जनतालाई र जिम्मेवार निकायलाई जबाफदेही बनाउन यो परियोजनामार्फत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमार्फत काम गरेको बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…