मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७ सुनखानी र शिवपुरी गाउँपालिका-८ थानापतिका १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए ।
डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले शिवपुरी गाउँपालिका-७ र ८ मा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन सत्रमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले समाजलाई परिवर्तन गराउनको लागि मानव अधिकार तथा कानुनी विषयमा हरेक नागरिकले जानकारी राख्नु पर्ने बताउनु भयो ।
नेपालमा भएका विभिन्न आन्दोलनले महिला अधिकारलाई स्थापित गरेको र यो अधिकारको विषयमा समुदायका पीँधमा परेकालाई पनि जानकारी दिन आवश्यक रहेकोले यो तालिमबाट लिएको जानकारी समुदायका हरेक क्षेत्रसम्म पुग्ने अपेक्षा राखेको अध्यक्ष थपलियाले बताउनु भयो ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले समाजमा अहिले भू्रणहत्याको घटनाहरू पनि बढेकोले महिलाहरूले यसलाई रोक्नको लागि भूमिका खेल्नु पर्ने बताउनु भयो ।
उपाध्यक्ष तामाङले पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता बढीरहेको उल्लेख गर्दै महिला सहभागिताले समुदायलाई थप सचेत बनाउँदै लगेको बताउनु भयो ।
कार्यक्रममा डब्लुपीडी नेपालकी फिल्ड सुपरभाइजर कमला थपलियाले परियोजनाले सञ्चालन गरिरहेको गतिविधिहरू बारे जानकारी दिनुभयो ।
तालिममा सहभागीहरूलाई स्थानीय तहको मानव अधिकार सयन्त्र, मानव अधिकार विकासक्रम, मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका र न्यायिक समितिका काम कर्तव्य अधिकार, प्रजनन् अधिकार, महिलामाथि हुने हिंसा र हिंसा नियन्त्रणमा स्थानीय तहको भूमिका, नेतृत्व विकास लगायत विषयमा जानकारी दिइएको थियो ।
तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपाल, इन्सेक जिल्ला प्रतिनिधि तथा अधिवक्ता नवदीप श्रेष्ठ, नुवकोट बार एसोसिएसनकी सहसचिव अधिवक्ता गरिमा पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा…
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…