मानव अधिकारमैत्री कानुनका हिसावले नेपाल दक्षिण एसियाकै उत्कृष्टः मुख्य न्यायाधीवक्ता
मानव अधिकारमैत्री कानुनका हिसावले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको प्रदेश ५ का मुख्य न्यायाधीवक्ता ठाकुरकुमार डिसीले बताउनुभएको छ ।
इन्सेकले पुस ३ गते बुटवलमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।
इन्सेकले राज्यको ध्यान पुग्न नसकेको र राज्यको ध्यान पुर्याउनुपर्ने ठाउँमा राज्यलाई झक्झकाउने काम गरेको भन्दै उहाँले इन्सेकको खुलेर प्रशंशा गर्नुभयो ।
कार्यक्रममा इन्सेकका महासचिव रूद्रबहादुर चर्मकारले इन्सेकले मानव अधिकारको अवस्थाका विषयमा अनुगमन तथा अभिलेखिकरण गरिरहेको अवस्थामा विगतमा भन्दा हिंसाका घटनाहरू बढेको बताउनुभयो ।
उहाँले द्वन्द्वकालिन अवस्थामा जे जति घटनाहरू भए ती घटनाहरूका पीडितले न्याय नपाएकोले पीडितको न्यायका लागि राज्य संवेदनशिल भएर लाग्नुपर्ने बताउनुभयो ।
महासचिव चर्मकारले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गरेर सरकारलाई अनुसन्धानमा सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘इन्सेकले घटना अभिलेखिकरण मात्र गर्देन । त्यसको विश्लेषण पनि गर्दै आइरहेको छ ।’
इन्सेकले पैरवी गर्ने, खबरदारी गर्ने, पहरेदारी गर्ने, सक्रिय नागरिक निर्माण गर्ने र सुशासनको क्षेत्रमा काम गर्ने गरेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले इन्सेकले ७७ ओटै जिल्लाको मानव अधिकार अवस्थाका विषयमा काम गरेको भन्दै प्रशंशा गर्नुभयो ।
उहाँले मानव अधिकारको संरक्षणको क्षेत्रमा कहाँ कहाँ राम्रो काम भएको छ त्यस विषयमा पनि अभिलेखिकरण गर्न इन्सेकलाई सुझाव दिनुभयो ।
शर्माले सरकारलाई आएका सुझावहरूलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने प्रतिबद्धता गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी हेमबहादुर थापाले मानव अधिकारको संरक्षणका लागि प्रहरी सधैँ संवेदनशील भएर लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘मान्छेको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो । यसका लागि प्रहरी संवेदनशील भएर काम गरिरहेको छ ।’
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका ३ सय ५५ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।
सङ्कलित घटनामा बालिका बलात्कारका २९, यौन दुव्र्यवहारका १३, महिला बलात्कारका १८, बलात्कार प्रयासका पाँच ओटा घटना रहेका छन् ।
त्यसैगरी मानव बेचबिखन तथा ओसारपसारका सात, जातीय विभेदको एउटा, नागरिक तथा राजनीतिक अधिकारका १२ ओटा, राज्यपक्षबाट हत्याका दुई ओटा, अन्यपक्षबाट हत्याका पाँच ओटा, बहुविवाहका ४७ ओटा र घरेलु हिंसाका २ सय ८ ओटा घटनाको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवनकुमार भट्टले मानव अधिकारको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको अभिलेखिकरण भएकाले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण का मगर्दै आएको बताउनुभयो ।
नेकपाका नेता तेजेन्द्र केसीले इन्सेक नेपालको प्रजातान्त्रिक योद्धाको रूपमा रहेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले इन्सेकले मानव अधिकारको अनुगमन, अभिलेखिकरण र पैरवी गर्दै आएकाले मानव अधिकारको संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सचिव ज्योति भण्डारीले दुई तिहाईको सरकारले जनताले अनुभूति गर्ने खालको काम गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सटरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूको पेसा डुब्न लागेको विषयमा पनि इन्सेकले अनुगमन र अभिलेखिकरण गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले मानव अधिकारको कुरा गर्दा कर्तव्यलाई सँगसँगै जोडेर लैजाउनुपर्ने बताउनुभयो ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले समीक्षामा यसैगरी सबै सरोकारवालाहरूको सल्लाह र सुझाव सङ्कलन गरी सम्पादन गर्दै आइरहेको बताउँदै आगामी दिनमा वर्ष पुस्तकलाई अझ परिस्कृत गर्दे लैजाने बताउनुभयो ।
रीमा बिसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…