मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न
शिवपुरी गाउँपालिकामा वडा नं. ८ को लिखुमा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला ०८० भदौ १६ गते सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिका वडा नं. ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक तालिम इन्सेकले सञ्चालन गरेको हो ।
डब्लुपिडि नेपालको सहकार्यमा इन्सेकले शिवपुरी गाउँपालिकाको वडा नं. ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत मानव अधिकारका सवाल पहिचानसम्बन्धी गोष्ठी आयोजना गरिएको हो ।
एक दिने गोष्ठीमा शिवपुरी गाउँपालिका-८ का मोटिभेटर, महिला समूहका सदस्य, महिला जनप्रतिनिधि, किशोरी समूहका सदस्य र बालक्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले मानव अधिकारको विषयगत स्पष्टता, महिला, बालबालिकाको हक, अधिकार प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका, मानव अधिकारको सवालहरू पहिचान र यसको संरचनागत प्रक्रियाहरूको बारेमा जानकारी दिनुभएको थियो ।
बालिबालिका तथा महिलाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम संयोजक नेपालले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा डब्लुपिडि नेपालका फिल्ड सुपरभाइजर राधिका तामाङ र कमला थपलियाले मानव अधिकारको सवाल पहिचान र पहिचान भएका सवाललाई स्थानीय सरकारले सम्बोधन गर्ने प्रक्रियाको बारेमा जानकारी दिनुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…
सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन् भयोः प्रजिअ आचार्य
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हन्न् भएको बताउनुभएको छ । मङ्सिर १३ गते इन्सेकको आयोजनामा गरिएको ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’…