मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ ६ गते सम्पन्न भएको छ ।
मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो ।
मनहरी गाउँपालिका-१ मा सञ्चालन गरिएको कार्यशालामा महिला तथा बाल समूहका पदाधिकारी, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । सहभागीहरूलाई मानव अधिकारसम्बन्धी अवधारणा, मानव अधिकारका सवालहरूका विषय, बालबालिकासम्बन्धी ऐन, २०७५ मा गरिएको कानुनी व्यवस्थाको बारेमा जानकारी दिइएको थियो ।
यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । बाल हिंसा, दुर्व्यवहार पीडित र अधिकांश बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनिहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो ।
मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना लगाएत बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बालबालिकाहरूको सहभागिता शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।
सहभागीहरूले महिला अधिकार, मानव अधिकार र बालबालिकाको अधिकारलाई प्रवर्धन गर्नको लागि स्थानीय सरकारले चासो दिनु पर्ने धारणा राखेका थिए ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…