मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेः सरोकारवाला
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस, ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवस तथा भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा रसुवामा इन्सेकालगायत सामाजिक संस्थाहरूले मङ्सिर २४ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास केन्द्र नेपाल र मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रको संयुक्त आयोजनामा सरोकारवालाहरूले मानव अधिकारको संरक्षण र संम्वर्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
उनीहरूले मानवअधिकार उलङ्घनका घटनाको खोजी भन्दा पनि महिलामाथि हुने घरेलु हिंसाका कारण खोजी गर्नु पर्ने कुरामा जोड्दिएका थिए ।
महिला अधिकारकर्मी मिठू तामाङले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा चुनौति दिने गरी कालिका गाउँपालिकामा अपहरणपछि बालिका हत्याको घटना भएको बताउँदै पीडितलाइ न्याय र पीडकलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्नुभयो ।
गैरसरकारी संस्था महासङ्घ रसुवाकी उपाध्यक्ष शिला मगरले सरोकारवाला बीच अन्तरक्रिया गरेर मात्र मानव अधिकारको संरक्षणमा टेवा नपुग्ने भएकोले सचेत मानिसहरूले मात्र छलफल गरेर नपुग्ने हुँदा ग्रामीण तहमा पनि यस्तो छलफल हुनु पर्ने बताउनुभयो ।
भूमिअभियानकर्मी सुष्मा न्यौपानेले हत्या, हिसांका घटनामात्र नभई ग्रामीण तहमा हुने विभिन्न खाले विभेद तथा घरेलु हिंसाका कारण खोज्नुपर्ने तथा मानवले सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुरक्षित हुन नसक्नु कानुन कार्यन्वयनमा फितलोपना देखिएको बताउनुभयो ।
सहभागी खिलप्रसाद आचार्यले अपाङ्गता भएका तथा महिला अधिकार क्षेत्रमा स्थानीय तहले कार्यक्रम बनाएर उनीहरूको क्षमता विकासमा जोड् दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा तारा कार्कीले बलत्कार तथा हत्या जस्ता घटनाका आरोपिलाई हदैसम्म सजायको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
नागरिक सञ्जालका अगुवा तथा कालिका हिमालय क्याम्पसका सहप्राध्यापक झंकनाथ न्यौपाने सामाजिक संस्थाहरूले गरेको सचेत प्रयासले नै आवाज बुलन्द हुने बताउनुभयो । उहाँले मानवअधिकार रक्षकहरूले गरेको काम सकरात्मक रहेको र अझै ग्रामीण तहमा मानव अधिकारको अवधारणा बारे चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले थानीय स्तरमा लैङ्गिक हिंसाका घटनाको कानुनी उपचारको विषयमा पर्याप्त जानकारी नहुनाले ग्रामीण तहमा मानव अधिकार तथा कानुनी सचेतना मुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
आत्मनिर्भर केन्द्रका जिल्ला संयोजक विश्वास नेपालीले मानव अधिकार उलङघनका घटना कम देखिए पनि लुकेर रहेका पीडितहले न्याय पाउने स्थानमा नपुगेको बताउँदै पीडितलाई सहायता आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा बढेदो बेरुजु न्यनुनीकरण हुन नसकेको बताउँदै सुशासनको सवालमा नागरिकको दर्बिलो आवाज बुलन्द हुनुपर्ने बताउनुभयो ।
सामुदायिक विकास केन्द्रका रसुवा संयोजक राजु आचार्यले मानवअधिकार क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकहरू आफै पनि जोखिममा पर्ने गरेको बताउँदै मानव अधिकार तथा सुशासनको सवालमा आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो । नागरिक अधिकार रक्षा र सुशासनको विषयमा विद्यामान कानुनको प्रभावकारी कार्यन्यवयन हुनु पर्नेमा उहाँले जोड्दिनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…