मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते कास्कीको पोखरामा कार्यशाला सम्पन्न भएको छ ।
युपिआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक, महिला सञ्जालको सचिवालय ओरेक, डर्बान रिभ्यू कन्फरेन्स फलोअप कमिटी, वियोण्ड बेइजिड कमिटी र बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदमा हुने सम्पूर्ण मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को मध्यावधि आवधिक समीक्षा सम्बन्धमा छलफल गरिएको हो ।
कार्यशालामा सहभागीहरूले मानव अधिकारका सम्बन्धमा राज्यले समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आएको तर व्यवहारमा लागु गर्न कठिन भएको कुरा उल्लेख गरेका थिए । पाँच समूहमा विभाजित सहभागीहरूले यूपीआरको मध्यावधि समीक्षाका लागि मानव अधिकारका विभिन्न विषयमा सुझावहरू प्रस्तुत गरेका थिए ।
त्यसैगरी जिल्ला कारागार कास्कीका प्रमुख हरिप्रसाद गौतमले कारागारमा बन्दी तथा थुनुवाले पाइरहेको दैनिक भत्ता ४५ रुपियाँ र सिदा ४ सय ग्राम चामल अपुग भएकाले त्यसमा समयानुकूल बढोत्तरी गरिनुपर्ने भनाइ राखे । उनले कारागारको भौतिक सुधारका लागि सरकार तथा राजनीतिक दलहरूले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यशालाको उद्धेश्यमाथि प्रकाश पार्दै इन्सेकका बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले सन् २०१८ को मे महिनामा नेपालको बारेमा हुन गइरहेको यूपीआरको मध्यावधि समीक्षाको लागि सुझाव सङ्कलन गर्नका लागि कार्यशालाको आयोजना गरिएको बताइन् ।
सङ्गीता भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…