मानव अधिकारको पहुँच बृद्धिमा इन्सेकको भुमिका वर्णन योग्य छः ज्ञावली

  ०८० असार २१ गते

जिल्ला अदालत स्याङ्जाका न्यायाधीश रोमाकन्त ज्ञावलीले मानव अधिकारको पहुँच बृद्धिका लागि इन्सेकले खेल्दै आएको भुमिका वर्णन योग्य रहेको बताउनु भएको छ ।

इन्सेक स्याङ्जाद्वारा असार २१ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै न्यायाधीश ज्ञवालीले सो कुरा बताउनु भएको हो ।

अन्यायमा परेका दुरदराज र बेसाहारका लागि इन्सेकले सहयोग गर्दै आइरहेको कुरा थाहा पाएको बताउँदै उहाँले न्यायका लागि पहँुच नभएकाहरूका लागि जिल्ला अदालतले समेत सहयोग गर्ने व्यवस्था भएको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ को जनवरीदेखि जुनसम्म अभिलेख गरिएका ४६ ओटा घटना प्रस्तुत गरिएको थियो । जसमा १८ ओटा घरेलु हिंसा, १३ ओटा बलात्कार, एउटा हत्या, दुई ओटा बहुविवाह र एउटा बाल अधिकार उल्लङ्घनको रहेको छ ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सरकारी क्षेत्रबाट हुन नसकेको काम इन्सेकले गर्दै आएको बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तक एक उदाहरण भएको उल्लेख गर्नु भयो । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले मानव अधिकार रक्षाका लागि आफ्नो नगरपालिकाबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।

photo20230706syanja (1)

photo20230706syanja (2)

photo20230706syanja (3)

photo20230706syanja (4)

photo20230706syanja (5)

राधाकृष्ण शर्मा