मानव अधिकारको अवस्था बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०८० चैत १७ गते

इन्सेककाे समन्वयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनमा मानव अधिकारको अवस्थाका बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम ०८० चैत १६ गते सदरमुकाम दुनैमा सम्पन्न भएको छ ।

डोल्पा जिल्लाको समग्र मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले जिल्लास्थित सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

मानव अधिकारको संरक्षण र सम्वर्धन गर्नका लागि राज्यका सबै निकायहरु इमान्दार भएर सयुक्त रुपमा कार्य सम्पादन गर्न आवश्य भएको जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले बताउनु भयो  भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसिद्ध दाहालले आगामी दिनमा मानव अधिकार आयोग र प्रशासन मिलेर काम गर्ने बताउनु। कार्यक्रममा बोल्दै प्रमुख दाहालले अरु जिल्लाको तुलनामा डोल्पामा मानव अधिकारका घटनाहरु कम रहेको इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा अभिलेख भएको बताउदै अझै मानव अधिकार घटनाहरु शुन्यमा झार्न समेत पहल हुने बताउनु भयो ।

जिल्ला अदालत डोल्पाका न्यायाधीश भोलानाथ ढकालले जिल्लामा खासै मानव अधिकार सम्बन्धी मुद्दाहरुको चाप नभएको बताउँदै अदालतमा आएका मुद्दाहरुको तत्कालनै फैसला हुने र नागरिकले लिने सूचनाको लागि जिल्ला अदालतले सूचना अधिकारी मार्फत सजिलै सूचना लिन सकिने बताउनु भयो।

जिल्लामा अन्य जिल्लाको तुलनामा कम घटना आउनुको कारण नै जिल्ला भित्र धामी झाँक्री प्रति अलि विश्वास बढी रहेको र यसको लागि सबै निकायहरुले जनचेतना बढाउनु पर्ने गैर सरकारी महासंघ कर्णाली प्रदेशका सचिव रणबहादुर कार्कीले बताउनु भयो ।

नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने मुख्य जिम्मेवारी सरकारी निकायहरुको भए पनि जिल्ला प्रहरी कार्यालय तथा अन्य सरकारी निकायहरुबाट त्यस अनुरुपका सेवाहरु प्रवाह नभएको र प्रतिसोधको भावनाबाट काम भइरहेकोले नागरिकले सास्ती भोग्नु परेको सञ्चारकर्मी टेक बहादुर शाहीले बताउनु भयो ।

महत्वपूर्ण सवालहरु संक्रमणकालीन न्याय, मौलक हकको कार्यान्वयनको अवस्था, सरकारका अन्तर्राष्ट्रिय प्रतिवद्धता र त्यसको कार्यान्वयनको अवस्था, राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरुको कार्यान्वयनको स्थित र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाका बारेमा राष्ट्रिय मानव अधिकार आयोग  कर्णाली प्रदेश सुर्खेतका कार्यालय  प्रमुख लोकनाथ बास्तोलाले बताउनु भयो ।

सन् २०२३ जनवरी देखि सन् २०२३ डिसेम्बर सम्म डोल्पा जिल्लामा  कुटपिटको घटनामा राज्यपक्षबाट  दुई जना पुरुष , अन्य पक्षबाट एक पुरुष , एक महिला, बलात्कारको घटनामा  दुई महिला , महिला अधिकार  घरेलु हिंसाको घटनामा चार जना महिला पीडित रहेको तथ्याङ्क इन्सेक द्वारा प्रकशित मानव अधिकार वर्ष पुस्तक २०२४ मा  समेटिएका घटनाहरुको  बारेमा बताउँदै जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको सूचना सङ्कलन तथा अन्यायमा परेका पीडितलाई न्यायको लागि पहल गर्ने इन्सेक जिल्ला प्रतिनिधि पुर्ण सार्कीले बताउनु भयो।

इन्सेकद्वारा प्रकशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सराेकारवाल निकायहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई  वितरण गरिएकाे थियाे ।

Photo20240330Dolpa (3)

Photo20240330Dolpa (2)

Photo20240330Dolpa (1)

Photo20240330Dolpa (5)

Photo20240330Dolpa (4)

पुर्ण सार्की