मानव अधिकारको अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न
मकवानपुर जिल्लाको मानव अधिकारका समग्र अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७९ पुस १६ गते हेटौँडामा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, अभिवक्ता, सञ्चारकर्मीहरू तथा प्रहरी प्रशासनका प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार उल्लङ्घनका घटनाहरू न्युनिकरणका उपायहरूमा छलफल गरिएको हो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले इन्सेकले लामो समयदेखि मानव अधिकार रक्षकको अधिकार बारेमा वकालत तथा पैरवी गरिरहेको बताउँदै मानव अधिकारको विषय साझा भएकाले जिल्लामा क्रियाशिल सबै क्षेत्रका मानव अधिकार रक्षकबाट साझा धारणा बनाई न्युनिकरणको लागि अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले पछिल्लो समय आत्महत्याका घटना बढिरहेकोले आत्महत्या न्युनिकरणको लागि राज्यलाई जवाफदेही बनाउन पहल गर्नपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका मणिराज गौतले यो वा त्यो नाममा पत्रकारमाथि हुने आक्रमण मान्य नहने भन्दै पत्रकार महासङ्घमा पत्रकारमाथि आक्रमण भएको घटनाको लिखित सूचना नआएको बताउनु भयो ।
उहाँले पत्रकारलगायत सबै पेशाकर्मीले आचारसंहिताको स्वनियम पालना गर्न सके अवान्छित घटनामा कमी आउने र यसले सुशासन कायम गर्न मद्दत पुग्ने बताउनु भयो ।
नेपाल बार एसोसिएसन मकवानपुरकी अध्यक्ष अधिवक्ता अप्सरा बस्नेतले पीडितको न्यायका लागि आवश्यक ऐन कानुन बनाउने प्रदेश सरकारले समेत सरोकार निकायसँग समन्वय नगर्नाले कानुन कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो ।
उहाँले इजालसमा पुगेका कतिपय विषयका बारेमा प्रदेश सरकारले बनाएको कानुनो जानकारी न्यायाधीश र वकिलमा नहुँदा यसले न्यायिक प्रकृयालाई नै असर पुर्याएको धारणा राख्नु भयो ।
कानुन निर्माण गर्ने पक्ष र सरोकारवालाबीचमा कानुन मस्यौदाकै क्रममा छलफल गर्न सके त्यो कानुन प्रभावकारी हुनका साथै लागु गर्न पनि सहज हुने अधिवक्ता बस्नेतको धारणा थियो ।
राडो नेपालका दिपेन्द्र पाठकले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनामात्रै नभई दण्डहीनताको सवालमा पनि काम गर्न सुझाव दिनुभयो । उहाँले न्यायलयबाट समयमा न्याय निरुपण नहुँदा पीडित झन् पीडित बन्ने अवस्था आएको बताउनु भयो ।
सिविन नेपालका मकवानपुर संयोजक झविन्द्र ज्ञवालीले समाजमा हुने घटनाहरूबाट धेरैजसो बालबालिका पीडित हुने गरेको तथ्याङ्कहरूले देखाउने भएकोले बालबालिकाको अधिकार रक्षाको लागि राज्य बढि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
यसैगरी यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायको अधिकारमा कृयाशिल फ्रेन्डस हेटौँडाकी संयोजक किरण थापाले राज्यले दिएको रोजगारीको अधिकारबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय बञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।
अधिवक्ता एवम् सञ्चारकर्मी बालकृष्ण अधिकारीले मानव अधिकार रक्षकको रूपमा रहेको पत्रकारहरूनै कुटपिट भएको घटनामा प्रहरीले समयमा कानुनी प्रकृया अघि नबढाउँदा पीडितले न्यायको महशुस गर्न नपाएको दुखेसो व्यक्त गर्नुभयो ।
प्रहरीकहाँ पुगेको पीडितको उजुरीलाई समयमै उजुरी दर्ता नगराउँदा बाह्य हस्तक्षेप बढ्ने र घटना राजनीतिकरण हुने तथा पीडितले न्याय नपाउने जस्ता समस्या हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर चुडाकुमारी खड्काले प्रहरीले घटनाको प्रकृति हेरेर काम गर्नुपर्ने अवस्था भएकाले प्रहरीकहाँ आएका सबैजसो उजुरीहरू दर्ता हुन नसक्ने प्रष्ट पार्नुभयो । इन्सपेक्टर खड्काले प्रहरीले सय अपराधी छुटोस् तर एक निर्दोश नपरोस् भन्ने मान्यताबाट काम गर्नुपरेको बताउनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…