मानव अधिकारका सवाललाई पहिलो प्राथमिकता दिनुपर्छ: प्रमुख सुनार
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले मानव अधिकारका सवाललाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ०८१ मङ्सिर ७ गते इन्सेक, सहकर्मी समाज र एड्भोकेसी फोरमको संयुक्त आयोजना विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका विषयमा जिल्ला निर्देशन समिति र द्वन्द्वपीडितबिच अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला स्तरीय निर्देशक समितिका संयोजक समेत रहनुभएका सुनारले स्थानीय तहले मानव अधिकारका सवालमा काम गरेपनि त्यसको दस्तावेजिकरण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमै कार्ययोजना कार्यान्वयनमा सुर्खेत अगाडि देखिएको भन्दै नौ ओटै स्थानीय तहमा कार्ययोजना कार्यान्वयन समिति गठन गरेको बताउनु भयो ।
संयोजक सुनारले भन्नुभयो - ‘गत भदौमा मेरै अगुवाइमा जिल्लाका नौ ओटै स्थानीय तहमा समिति गठन गरिएको थियो । सबै स्थानीय तहले कार्यविधि निर्माण गरिसकेका छन् । आवश्यकता पहिचान उपसमिति पनि गठन भइसकेका छन् । अब कार्यान्वयनलाई प्राथमिकता साथ अगाडि बढ्न आवश्यक छ ।’
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमायाँ ढकालले द्वन्द्व प्रभावितहरूलाई स्थापित र उनीहरूको न्यायमा पहुँच बढाउनका लागि नगरले काम गरिरहेको बताउनु भयो । उहाँले स्रोत र साधनको परिधिमा रहेर काम गरेको भन्दै नीतिमा तीनै तहका सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो । बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले द्वन्द्वपीडितका बालबालिकाहरूका लागि स्थानीय तहले शिक्षा अन्तर्गत ३० हजार रुपियाँ दिँदै आएको बताउनु भयो । उहाँले स्थानीय तहका हरेक कार्यक्रममा उनीहरूको सहभागिता गराउँदै आएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले द्वन्द्वपीडितलाई जीविकोपार्जनका लागि सीप विकास र आयआर्जनमा तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताउनु भयो । मनव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पीताम्बर ढकालले १८ वर्षसम्म पनि न्याय नपाएर निरासामा भएका द्वन्द्वपीडितलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । दोस्रो कार्ययोजनाले निर्दिष्ट गरेका संरचना निर्माण गर्न सकिए छिटो न्याय प्राप्त गर्न, राहत पाउन सहज हुने उहाँको भनाइ छ । त्यस्तै जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवालले द्वन्द्वमा देखिएका समस्याहरू समाधानतिर गएको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले द्वन्द्वमा प्रभावित महिला तथा बालबालिकाको क्षेत्रमा कर्णाली सरकार र अधिकांश स्थानीय तहहरूले कुनै न कुनै कार्यक्रम सञ्चालन गरेपनि दोस्रो राष्ट्रिय कार्य योजनाको फर्मेटमा राख्नसपर्ने बताउनु भयो । ‘कर्णाली आफैमा सबैभन्दा बढी द्वन्द्व प्रभावित क्षेत्र हो । उहाँले भन्नुभयो - 'त्यसैले यहाँका पीडितहरू प्राथमिकतामा पर्नुपर्छ । तीनै तहका समितिहरू सक्रिय भए पीडितहरूले न्याय पाउँछन् ।’
द्वन्द्वपीडित बिजयसरा शाहीले १८ वर्षसम्म न्यायको आशामा बस्दापनि न्यायको अनुभूति नभएको बताउनु भयो । उहाँले भन्नुभयो - ‘घाइते अपाङ्ग र सहिद परिवार घोषणा भएपछि प्राप्त भएको रकम बाहेक अरू कुनै सुनुवाइ हुन सकेको छैन । अहिले पनि द्वन्द्वका बेला यौन हिंसामा परेका दिदी बहिनीहरूलाई राज्यले चिन्दैन ।’
कर्णालीका द्वन्द्वपीडित महिलाको आवश्यकता पहिचान नभएको द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका सितल सिंह राठौरले बताउनु भयो । द्वन्द्वका बेला यौन हिंसामा परेका महिलाहरूमा मनोसामाजिक समस्या भइरहेको बताउनु भयो । द्वन्द्वपीडितका सवालमा राज्यले बेलाबखत आशा मात्रै देखाएकोले कार्यान्वयनमा चासो राख्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा द्वन्द्वपीडित र उनीहरूका परिवार, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक सङ्घसंस्थामा कार्यरत अभियानकर्मी, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…