मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ ।
इन्सेक सुदूरपपिश्चम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले जिल्लाका विभिन्न स्थानीय तहहरुले वातावरणमैत्री नीति तथा कार्यक्रमहरु तयार गरी कार्यान्वयनमा ल्याई सकेकाले गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालले पनि गौरीगंगा नगरपालिकालाई वातावरणसम्बन्धी नीति तयार गर्न ध्यानार्षण–पत्र दिन आवश्यक रहेको बताउनु भयो ।
डिसिएको सहयोगमा सञ्चालित अधिकार तथा संरक्षण परियोजनाका संयोजक किरण पौडेलले नागरिकहरुका आधारभूत आवश्यकता परिपुर्ति गर्ने जिम्मेवारी राज्यको भएकोले स्थानीय तहले पनि मानव अधिकारमैत्री कानुन निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको र यसका लागि मानव अधिकार रक्षक सञ्जालले स्थानीय तहसँग समन्वय गरी मानव अधिकारमैत्री कानुन निर्माण तथा निर्माणाधिन कानुनको कार्यान्वयन गर्न दवाव दिन आवश्यक रहेको बताउनु भयो ।
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुहकी अध्यक्ष सावित्रा आचार्यले मानव अधिकार समुहद्वारा घोडाघोडी नगरपालिकामा रहेका मानव अधिकारका समस्याहरुको पहिचान तथा बिभिन्न विद्यालयको अनुगमन गरी समस्या समाधानका लागि नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गर्दै आइरहेको बताउनु भयो ।
उहाँले आगामी दिनमा नगरपालिकाले निर्माण गरेका वातावरणसम्बन्धी नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिने बताउनु भयो ।
गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष टेकराज ओझाले गौरीगंगा नगरपालिकाको नीति तथा कार्यक्रममा प्लाष्टिक प्रयोगलाई रोक लगाउने लगायतका वातवरणसम्बन्धी कार्यक्रमहरु पनि नभएको बताउनु भयो ।
उहाँले नगरपालिका क्षेत्रमा प्रसस्त सालका रुखहरु भएकोले सालका पातबाट दुनाटपरी उद्योग सञ्चालन गरेर प्लास्टीकलाई प्रतिस्थापन गर्न सकिने र स्थानीयहरुले पनि रोजगारीको अवसर पाउने भएकोले यससम्बन्धमा नगरपालिकाको ध्यानकर्षण गराइने बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…