मानव अधिकारका विषयमा समीक्षा बैठक तथा कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा चन्द्रपुर नगरस्तरीय मानव अधिकार निगरानी समूह र सरोकारवालाबिच समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ ।
बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारको क्षेत्रमा समस्या र समाधानका लागि पैरवी गर्ने विषयमा छलफल गरिएको हो ।
मानव अधिकार निगरानी समूहकी सदस्य प्रेमकुमारी तिमल्सिनाले मानव अधिकार निगरानी समितिले बैठक बस्ने क्रममा जुन क्षेत्रमा जे विषयको समस्या छ सोही स्थानमा गएर सञ्चालन गर्दा सो ठाउँको लगभग ७० प्रतिशत समस्या समाधान भएको बताउनुभयो ।
मानव अधिकार निगरानी समूहका सदस्य सरस्वति खुलालले मानव अधिकारका विषयमा इन्सेकका गतिविधिहरू अभियानमुखी भएकोमा खुशी व्यक्त गर्नुभयो ।
इन्सेक प्रदेश २ का फोकल पर्सन बरुण बस्यालले परियोजनाले सञ्चालन गर्दै आइरहेको काम र यसको प्रभावकारिता र आगामी कार्ययोजना निर्माणमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले कार्यक्रम सञ्चालनको क्रममा आएका समस्यालाई सम्बन्धित निकायबाट समाधान गर्नेर सो हुन नसके स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारसम्म पैरवी गरी वास्तविक पीडितलाई न्याय दिलाउन इन्सेक सधैँ तत्पर रहेको बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय,सुर्खेत र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श जेठ १९ गते सुर्खेतमा सम्पन्न भएको छ ।…
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका…
वातावरणीय प्रदुषण कम गर्न माग गर्दै सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
प्रदेश स्तरीय मानव अधिकार समूहले कर्णालीमा निमार्णाधीन तथा चालु सडकहरु उचित व्यवस्थापनका साथ निमार्ण तथा सञ्चालन गर्न माग गर्दै जेठ १३ गते सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचासरक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको…
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…