मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित
मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१ ले सम्मान गरिएको हो ।
मानव अधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ । उहाँ महिला बालबालिका, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका साथै आधारभुत मानव अधिकारका सवालमा कलम यात्रा गर्दै आउनु भएको छ ।
लामो समयदेखि भुइमान्छेका कथा व्यथा लेख्दै निमुखाहरूको आवाज बुलन्द गरेर आवाज विहीनहरूको अधिकार स्थापित गर्नको लागि भूमिका रहेकोले रावललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताउनु भयो । उहाँले भन्नुभयो, 'उहाँलाई १० हजार रुपियाँ नगद राशीसहित सम्मान पत्र प्रदान गरिएको छ । थप क्रियाशिलताको प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।'
गाउँ समाज काम गर्दै आएका व्यक्तिहरूलाई मुल्याङ्कन गरी मानव अधिकारकर्मी तथा पत्रकार रावललाई सम्मान गरिएको विश्लेषक तथा पुरुस्कार छनोट समितिका सदस्य रामसिंह रावलले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भन्नुभयो, 'यस्ता सम्मान तथा पुरस्कारले मानव अधिकार एवम् पत्रकारिता क्षेत्रमा क्रियाशिलता ल्याउने गर्दछ । पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई यस्ता सम्मानले थप उर्जा मिल्छ ।'
गाउँपालिका महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो, 'लामो समयदेखि निश्पक्ष रूपमा मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा रावल काम गर्दै आउनु भयो । यो सम्मान तथा पुरस्कारले थप क्रियाशिलता ल्याउने अपेक्षा गरिएको छ ।' यो पुरस्कार तेस्रो संस्करण हो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय…
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…