मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा बटेश्वर गाउँपालिकाका मानवअधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम फागुन १७ गतेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।
तालिमको उदघाटन सत्रमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेक मजदुरहरूको हकअधिकारलाई सम्बोधन गराउने उद्धेश्यले स्थापना भएको स्मरण गर्दै अहिले शिक्षा, स्वास्थ्य, जातिय विभेद न्युनिकरण तथा वातावरणीय क्षेत्र, खाद्य र अधिकारको साथै मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गर्दै आएको बताउनुभयो ।
उहाँले यस पालिकामा शिक्षा क्षेत्रमा देखिएको समस्या, विद्यालयमा विषयगत शिक्षक अभाव, पालिकामा बर्थिङ सेन्टर नभएकोले उक्त सेवाको लागि जनकपुर जानुपर्ने बाध्यता, खोला दोहनलगायतको क्षेत्रमा मानवअधिकार समूह र सरोकारवालाहरूको ध्यानाकर्षण भई समस्या समाधान तर्फ पालिका अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा, स्वास्थ्य, जातिय विभेदलगायत वातावरणीय क्षेत्रमा पालिकाले आफ्ना कार्यक्रम र योजना सशक्त रुपमा अगाडी बढाउँदै गरेको बताउनुभयो । उहाँले इन्सेकको समेत साथ र सहयोग लिएर यस अभियानमा अगाडी बढ्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंहले मानव अधिकारको रक्षार्थ आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले जनतासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा पालिकाले प्राथमिकताका साथ कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शर्माले मानवअधिकारको सवालमा प्रदान गरिने दुई दिने क्षमता अभिवृद्धि तालिममार्फत मानवअधिकारको क्षेत्रमा पालिकामा गर्न सक्ने कार्यक्रम र योजनाको रुपरेखा तयार गरि प्रतिवेदन तयार गरि पालिकालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
उहाँले प्राप्त हुने प्रतिवेदनको आधारमा कार्यक्रम र योजना ल्याउन र कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले बटेश्वर गाउँपालिका शिक्षित पालिका रहेकाले पालिकाले चाहेको खण्डमा थोरै बल गर्दा पालिकालाई पूर्ण साक्षर पालिका घोषणा, बर्थिङ सेन्टर निमार्ण गर्न सकिने भएकाले त्यसतर्फ पालिकाले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पालिकाले प्राकृतिक रुपमा रहेको खोलालाई ठेक्का लगाएर अवैध रुपमा हुने गरेको दोहन रोक्न पालिका अग्रसर हुनुपर्ने बताउनुभयो ।
वडा नं. १ का अध्यक्ष अशोक कुमार महतोले आफूहरूले बाध्यात्मक रुपमा खोला ठेक्का लगाउनु परेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको निर्देशनमा पालिकाले खोला ठेक्का लगाउनु परेको बताउनुभयो ।
फागुन १७ गतेदेखि सुरु भएको तालिम फागुन १८ गते सम्पन्न हुने इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…