मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा मानवअधिकारको अवस्थाको क्षेत्रमा कसरी कामहरु भैरहेका छन् भन्ने बारेमा छलफल भएको थियो साथै बैठकबाट मानवअधिकार समूहमा रहेका पदाधिकारीहरुले आगामि कार्ययोजना बनाई नगरपालिका र गाँउपालिकामा कार्यक्रमहरुका लागि मागदावी तयार गर्नुभएको थियो ।

कार्यक्रममा मानवअधिकार समूह गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराम भण्डारीले समूहले गाउँपालिकामा मानवअधिकारको क्षेत्रमा धेरै पहल तथा कार्यक्रमहरु गरेको बताउनुभयो । सागै आगामि दिनमा पनि गाउँपालिकामा आफ्नो समूहले गरेको मागदावीहरुलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसै गरि मानवअधिकार समूह गण्डकी प्रदेशका सचिव कृष्ण वि.क. ले नगरपालिकामा ११ बुँदे मागहरु पेश गरेको, बजार अनुगमन गरिएको, नगर सभामा प्रस्तावहरु पेश गरेको, जातीय विभेदको विषयमा देवचुलीमा दलित जागरण अभियान संग समन्वय गरेर अभियानहरु गरेको बताउनु भयो ।

यसै गरि प्रदेशको सदस्य रुद्धनाथ अधिकारीले शैक्षिक संस्था र स्वास्थ्य संस्थामा अनुगमन भैरहेको, र आफ्नो समूहले ३१ बुंदे मागदावी समेत पेश गरेको, मानवअधिकार समूहलाई गाउँपालिकामा सूचिकृत गर्न र जिल्लामा दर्ता गर्नको लागि विद्यानहरु तयारीको अवस्थामा रहेको बताउनुभयो । साथै समूहले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।

कोषाध्यक्ष प्रेम कुमारी अधिकारीले शिक्षा, स्वास्थ्य, वातवरणको अधिकार साथै जातीय विभेदको विरुद्धको कार्यक्रममा गाउँपालिकासंगको समन्वयमा सहभोजको आयोजना गर्ने तयारी रहेको जानकारी गराउनु भयो ।

मानवअधिकार प्रदेश स्तरीय परिचालन बैठकबाट मानवअधिकार समूहमा रहेका पदाधिकारीहरुले कार्ययोजना बनाई नगरपालिका र गांउँपालिकामा कार्यक्रमहरु माग गर्न मागदावी तयार गर्नु भएको थियो ।

कार्ययोजनाहरुमा जातीय विभेद सम्बन्धि जनचेतना, वातावरण संरक्षण कार्यक्रम, गाउँपालिका र नगरपालिकाहरुमा मागदावीहरु गर्ने, दिवा खाजाको अनुगमन गर्ने, डम्पीङ्ग साइडको लागि वडा स्तरमा पहलगर्ने, मानवअधिकार प्रवद्र्धन कार्यक्रम गर्ने, क्षमता अभिवृद्धि तालिम गर्ने, शैक्षिक सुधार कार्यक्रम गर्ने, आत्महत्या रोकथाम सचेतना कार्यक्रम गर्ने, महिला सशक्तीकरण कार्यक्रम गर्ने, विद्यालयहरुमा अनुगमन गर्ने बालविवाह न्यूनिकरण कार्यक्रम, लागुऔषध विरुद्धको कार्यक्रम गर्ने, बजार अनुगमन गर्ने, रासायनिक मल र विषादी रोकथाम कार्यक्रमहरु गर्ने कार्ययोजनामा उल्लेख गरिएको थियो ।

manab adhikar samuha baithak

manab adhikar samuha province level meeting

सन्जय रानाभाट