मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।
धनकुटामा विगत एकबर्षको अवधिमा ९९ वटा मानव अधिकार उल्लघनका घटना भएको पाइएको छ । जसमा एकबर्षको अवधिमा तीन जनाको हत्या, हत्याको प्रयास दुई जना, जातीय विभेद एक जना, आत्माहत्या दुरुत्सान दुई जना, घरेलु हिंसा ७० जना, बलात्कार १४, बलात्कृतपछि हत्या एक जना, बालयौन दुर्व्यवहारका तीन जना, बालविबाह एक जना, बहुबिवाह एक जना र साईबर क्राईम दुई जना पीडित भएको घटनामाथि समीक्षा गरिएको हो । जसमा पुरुष पाँच, महिला ८४ र बालिका ११ जना गरी जम्मा १ सय जना पिडित भएको पाइएको छ । सन् २०२३ मा धनकुटामा मावअधिकार उल्लघंनका घटनाबाट १ सय ३ जना पिडित भएको यस वर्ष पनि सोही हाराहारीमा रहेको पाइएको छ ।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले घटना तथ्यांक मात्रै भन्दा पनि न्यूनीकरणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले गरिबी घट्नु, सुशासन कायम हुनु पनि अधिकारकै पक्षमा रहेको बताउनु भयो ।
समीक्षामा सहभागी जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले हिंसाका विरुद्ध सबै लाग्नुपर्ने र जानी नजानी हुने मानवअधिकार उल्लङघनका घटना हुने गरेकोले सबै सचेत हुनुपर्ने बताउनु भयो ।
धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनालले संविधान कार्यान्वयन, सुशासन र समृद्ध नेपाल र सुखी नेपाली बन्न हिंसा तथा उल्लङ्घनमा घटनामा कमी हुनुपर्ने बताउनु भयो । उहाँले भ्रुण हत्या अन्त्य गर्दै मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण होइन अन्त्य गर्नुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले प्रतिवेदन राम्रो भएको र यस्ता घटना भइरहने बताउनु भयो । उहाँले मानवअधिकार उल्लङ्घन भन्दा पनि क्राइम भएको बताउँदै पुरानो तरिकाले घटना संकलन भएको बताउनु भयो । उहाँले संविधानको मौलिक हक हेरेर घटना संकलन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियानमा भएका कार्यक्रमको बारेमा धनकुटा नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख फूलमाया तामाङले प्रस्तुती राख्नुभएको थियो ।
७६ औँ विश्व मानवअधिकार दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । ‘हाम्रो अधिकार, हाम्रो भविश्य र अहिले‘ भन्ने मुल नाराका साथ मानवअधिकार दिवस धनकुटामा पनि मनाइएको हो ।
मानवअधिकारको क्षेत्रमा क्रियासिल इन्सेकसहित गरै सरकारी संस्था महासंघ, हुसाडेक नेपाल, मानवअधिकार एलाइन्स र पत्रकार महासंघ धनकुटाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरी, सशस्त्र प्रहरीका डिएसपी मदन नाथ लगायत अधिकारकर्मी पत्रकार तथा विभिन्न संघसंसथाका प्रतिनिधिलगायतको सहभागिता थियो ।
ईश्वर थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…