मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित मानवअधिकार सँग सम्बन्धित घटनाहररूको वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकले अभिलेख गरेको ३१ वटा घटना प्रस्तुत गरिएको थियो । जसमा १४ वटा बालअधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहार, आठ वटा महिला अधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहार , सात वटा कुटपिटका घटना र दुइ वटा बहुविवाहको घटना रहेको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले इन्सेकले अभिलेख गर्ने घटनाले मानवअधिकार उल्लंघनको अवस्थाको समाजको चित्र प्रस्तुत भएको बताउनुभयो । वर्ष पुस्तकलाई परिमार्जित र ब्यवस्थित गर्दै लैजान उहाले सुझाव दिनुभयो ।
बरालले मानवअधिकार उल्लघनका घटनाका दोषी भेटिए कानुनी दायरमा ल्याएको बताउनुभयो र साथै थुनुवा कक्ष र कारागारको सुधार भएको कुरा पनि जानकारी दिनुभयो । मानवअधिकार उल्लघनका घटना न्यूनिकरणका लागि जनचेतनामा जोड दिनुपर्ने उहाले बताउनुभयो । आ–आफ्नो क्षेत्रबाट मानवअधिकार संरक्षणमा प्रतिवद्ध रहनुपर्ने उहाको भनाई थियो ।
मादक पदार्थ सेवनले यौनजन्य दुर्व्यवहारका घटना बढेको जिल्ला प्रहरी कार्यालय गोरखका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । छिमेकी, आफन्तहरुबाटै यौनजन्य घटना घट्ने प्रवृद्धि वढ्दो भएको उहाँले बताउनुभयो ।
घटना अभिलेख सँगै मानवअधिकार उल्लंघनका घटना न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष नरेन्द्र ढकालले बताउनुभयो । कतिपय मानवअधिकार उल्लंघनका घटना सरकारी सेवा प्रवाह सँग पनि जोडिएको उहाले बताउनुभयो । दैनिक रुपमा हुने सेवा प्रवाहमा पनि अधिकारका कुरा जोडिएका हुन्छन तसर्थ सहज र छिटो सेवा प्रवाहमा सरकारी नियकाले ध्यान दिनुपर्ने कुरा उहाले बताउनुभयो । उहाले वर्ष पुस्तकको घटना अभिलेखिकरण प्रशंसनीय रहेको उहाले बताउनुभयो ।
कार्यक्रम इन्सेक द्धारा गठित मानवअधिकार संजालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको थियो ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…