मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै नागरिक समाज बागलुङका संयोजक वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक मानवअधिकारको क्षेत्रमा देशकै सबैभन्दा महत्वपूर्ण दस्तावेज भएको बताउनुभएको छ ।
उहाँले मानवअधिकारको जस्तै वर्ष पुस्तकमा समावेश गरिने विषय वस्तुको सिमा क्षेत्र पनि फराकिलो पारिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मानवअधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्कीले इन्सेकले प्रहरी प्रशासनमा दर्ता हुने महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाका घटनामात्र नभएर पर्यावरण, स्वास्थ्य र जलवायु परिवर्तनका विषयमा पनि काम गर्नुपर्ने बताउनुभयो ।
समीक्षा कार्यक्रममा मानवअधिकार वर्ष पुस्तक २०२३ को लागि जनवरी २०२२ देखि डिसेम्बर १५ सम्म बागलुङ जिल्लामा संकलन गरिएका ७० वटा घटना माथी छलफल गरिएको छ ।
७० घटनामा २२ वटा बालअधिकार, ४४ महिला अधिकार, तीन राजनीतिक अधिकार र एक वटा पत्रकारलाई धम्की सम्बन्धी रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर राजाराम खड्का, नेपाल पत्रकार महासंघ बागलुङका कार्यवाहक अध्यक्ष नविन शिशिर विक, पत्रकार तारानाथ आचार्य, संगम घर्ती र खेमराज गौतम सुवासले बोल्नुभएको थियो ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…