मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको वर्ष पुस्तक २०२३ पूर्व समीक्षा कार्यक्रम पर्वतमा पुस ६ गते सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले १६ वटा घरेलु हिंसा, चार वटा बाल यौन दुव्र्यवहार, एक वटा जवर्जस्ती करणी उद्योग, दुई वटा हत्या, एक वटा अपहरण र एक वटा बलात्कारको घटना सार्वजनिक गर्नुभएको थियो । उक्त घटनाहरु माथि छलफल गर्दै सहभागीहरूले मानवअधिकारका सवालमा स्थानीय तहले चासो दिनुपर्नेमा जोड दिनुभएको थियो ।
जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले घरेलु हिंसा न्यूनिकरण कार्यमा स्थानीय तहहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जिसीले ग्रामीण क्षेत्रमा घरेलु हिंसाका गतिविधि बढिरहेको बताउँदै स्थानीय सरकारले त्यसको न्यूनिकरणका लागि कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको हो ।
पर्वत जिल्लामा इन्सेकद्वारा प्रलेखिकरण गरिएका घटनाहरुको वार्षिक समीक्षा गोष्ठीका क्रममा जिसीले जिल्ला स्तरीय गोष्ठीमा स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिलाई त्यस सम्बन्धि जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा पर्वतमा सन् २०२२ को जनवरी महिना देखि डिसेम्बरको मध्यसम्म संकलन तथा अभिलेखिकरण भएका विभिन्न २५ वटा घटनाहरुको समीक्षा गरिएको थियो ।
कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षक सञ्जालकी पुर्व अध्यक्ष माया अधिकारीले इन्सेकमार्फत पर्वत जिल्लामा मानवअधिकारको संरक्षण एवं सम्वद्र्धनमा भएका गतिविधिहरुको प्रशंसा गर्दै अन्य निकायहरूले पनि यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लाका सवै स्थानीय तहलाई मानवअधिकारका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने खालको नीति कार्यक्रम ल्याउन सुझाव दिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका सल्लाहकार दुर्गाप्रसाद शर्मा, दलित अधिकारकर्मी यामबहादुर विक लगायतले पर्वत जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।
सन्तोष थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनको ईच्छाकामना गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ईच्छाकामना गाउँपालिका-४…
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…