मानवअधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पर्वत जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा असार १३ गते सम्पन्न गरेको छ । मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरिएका विवरणहरुको समीक्षा गरि तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सन्तोष थापाले जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि थापाले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म १२ ओटा घटनाहरु संकलन गरिएको जानकारी दिनुभयो । जस अनुसार घरेलु हिंसा ६, बलात्कार तथा यौन दुर्व्यवहार चार, हत्याको एक र आत्महत्या दुरुत्साहनका एक ओटा घटना रहेका छन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले मानवअधिकार संरक्षणको सवालमा सबैले चासो दिनुपर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि कुश्मा नगरपालिकाले मानवअधिकारका क्षेत्रमा उल्लेख्य काम गर्ने उद्देश्यले बजेट व्यवस्थापन गरेको बताउँदै अन्य पालिकाले पनि सोही अनुरुप कार्यक्रम अघि बढाएमा पर्वत जिल्लालाई मानवअधिकार मैत्री जिल्लाका रुपमा अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले मानवअधिकार मैत्री समाज निर्माणका लागि स्थानीय तहहरु अनुदार बनेको बताउँदै भोलिका दिनमा मानवअधिकारको सम्वर्द्धनका लागि सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।
मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य माया अधिकारीले मानवअधिकार नारामा मात्रै सिमित रहेको बताउँदै मानवअधिकार सँगै महिला अधिकारको समेत संरक्षण र सम्वर्द्धनका लागि एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक लगायतले पछिल्लो समय राज्यतहबाट विभिन्न दुःख झेल्नुपर्ने अवस्था आएको बताउँदै राज्यले यी र यस्ता सवालमा सहज व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…