मानवअधिकार र लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
७४औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियानको अवसरमा मानवअधिकार र लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास कार्यालय गोरखाको समन्वय तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र इन्सेकद्धारा गठन गरिएको मानवअधिकार सञ्जाल लगायतका मानवअधिकारवादी संघ संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले पछिल्लो समय हिंसाको स्वरुप फेरिएको बताउनु भएको छ।
घर भित्रै पनि कतिपय महिलाहरू हिंसाको सिकार बन्ने गरेको र पछिल्लो समयको प्रविधिले पनि महिलाहरू हिंसामा पर्ने गरेको महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सावित्रि भट्टले बताउनुभयो। हिंसा सहेर नबस्न र हिंसा गरे प्रतिकार गर्नुपर्ने उहाले बताउनुभयो।
समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको कार्यक्रममा सहभागी फम्फा गन्धारीले बतानुभयो। कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख दिपेन्द्र परियारले १६ दिने लैङ्गिक हिंसा विरूद्धको अभियानको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…