मानवअधिकार दिवसको पूर्व सन्ध्यामा दिपप्रज्वलन कार्यक्रम सम्पन्न

७५औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको पूर्व सन्ध्यामा मानवअधिकार सम्बद्ध विभिन्न संघसंस्थाको आयोजनामा बेनीमा मङ्सिर २३ गते दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।

IMG_20231209_172144

नेपाल मानवअधिकार संगठन, मानवअधिकार तथा शान्ति समाज, इन्सेक तथा गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा दिप प्रज्वलन सम्पन्न गरिएको हो ।

दिप प्रज्वलनमा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नागरिकको अधिकारको प्रत्याभूति गर्नका लागि सामान्य कार्यले पनि निकै ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले अहिले राज्यले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन ल्याउन खोज्दा अहिले सर्वसाधारण नागरिकलाइ सास्ती हुनुका साथै राज्यमै आर्थिक चलायमान हुनै नसक्ने सम्मको अवस्था पुगेको बताउनुभयो । सहकारीले सानो लगानी गर्दा निम्न आयस्तर भएका नागरिकले त्यसबाट फाइदा लिन सक्थे तर त्यो रोकिदा सानो रकम ऋण लिने सर्वसाधारणको अधिकार कुण्ठीत भएको उहाँको तर्क थियो ।

IMG_20231209_172529

कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने, मानवअधिकार संगठनका सभापति कोमलप्रसाद उपाध्याय, मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद पौडेल, इन्सेक प्रतिनिधि अमृत प्रसाद पाैडेल, महिला मानवअधिकार रक्षक सञ्जालकी विष्णु गौतम सापकोटा, गैसस महासंघका प्रतिनिधि निरमायाँ मिजारलगायत नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

IMG_20231209_173415 (1)

अमृतप्रसाद पौडेल