मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको सविधानमा उल्लेख गरिएका मौलिक अधिकारहरु विश्वका उत्कृष्ट मुलुकहरुमा पनि नभएको बताउनुभयो । ‘मानवअधिकारको रक्षाका लागि व्यक्तिगत रुपमा र सरकारको नेतृत्व गर्दा त्यसको सम्वेदनशीलतालाई बुझेर त्यसै अनुसार अगाडि बढिरहेको छु । संविधानमा मानवअधिकारका पक्षमा जे जति अधिकार लेखेका छौं, त्यो विश्वका उत्कृष्ट मुलकमा पनि नभएको अधिकार प्रत्याभूत छ भन्ने लाग्छ ।’ उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले आम नागरिकलाई मावनअधिकार प्रत्याभूत गर्दै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले नेपालमा मानवअधिकारको अवस्था अन्य विकसित देशमा भन्दा पनि राम्रो भएको कुरा व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारसंग सामान्य नागरिकले आफूलाई चित्त नबुझेका कुरा स्पष्ट संग राख्न पाउनु पनि मानवअधिकारको प्रत्याभूति हो भन्नुभयो । संघीयता आएपछि नेपालले सञ्चारको क्षेत्रमा उत्कृष्ट फड्को मारेको उहाँको भनाई थियो । नेपालमा रोजगारी सिर्जना गर्न अझै विभिन्न क्षेत्रमा लगानी गरेर युवालई रोजगारीको अवसर बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

surendra pandey

कार्यक्रममा गण्डकी प्रदेशका कानुन सचिव सम्भुराज रेग्मीले मानवअधिकारको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै संविधानमा उल्लेख गरिएका ३१ ओटा मौलिक हक कार्यान्वयनमा भएमात्र मानवअधिकारको अवस्था राम्रो हुने बताउनुभयो । उहाँले मानवअधिकारको संरक्षण गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको जाहेर गर्नुभयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले मानवअधिकारको कुरामा यसका संयन्त्रहरु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुको आयोजना गर्नु भनेकै मानवअधिकारको संरक्षण गर्नु रहेको बताउनुभयो । उहाँले मानवअधिकारको संरक्षणका  लागि इन्सेकले सरकारलाई सधैभरी खबरदारी तथा निगरानी गर्दै आइरहेको सुनाउनुभयो । उहाँले मानव अधिकारको पाँचौं राष्ट्रिय कार्ययोजना तर्जुमा गर्ने काममा इन्सेक मन्त्रालय तथा मानवअधिकार आयोग संग सधै अगाडि रहेको कुरा व्यक्त गर्नुुभयो ।

DR kundan aryal

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त प्रमुख खेमलाल सुवेदीले गण्डकी प्रदेशमा मानवअधिकारको पृष्ठभूमि र पाँचौं  राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला मञ्च कि अध्यक्ष मेनुका सेरचनल, शान्तिका लागि नागरिक समाजका कास्कीका पूर्व अध्यक्ष विष्णुप्रसाद बरालल र अपाङ्गता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा लगायतले कार्ययोजनामा आफ्नो क्षेत्रलाई नसमेटिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा मन्त्रीहरु, कास्कीका गाउँपालिकाहरुका प्रमुखहरु, सुरक्षा निकायका प्रतिनिधि, न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरु, प्रशासकिय कर्मचारीहरु तथा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

sectetary

participant 2

सन्जय रानाभाट