मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस प्रदेश कार्यालयले जनकपुरमा मानवअधिकार रक्षकहरूसंग अन्तरक्रिया गर्दै इन्सेकले पीडितहरूलाई आवश्यक सुरक्षा, कानुनी सहायता, औषधी उपचारलगायतको क्षेत्रमा काम गर्न अधिकतम दश हजार रुपियाँ सहयोग गर्ने गरेको छ । इन्सेक मधस प्रदेश संयोजक राजु पासवानले सन् २०२२ मा १२ जना पीडितको अवस्था अध्ययन गरि आर्थिक सहायता प्रदान गरेको बताउनुभयो । उहाँले मधेस प्रदेशमा दिनहुँ मानवअधिकार उल्लङ्घनका घटनाहरू भई रहँदा पनि हामीले चाहेर पनि सबै पीडितलाई राहत दिन नसक्ने अवस्था रहेको बताउनुभयो ।
हामीले मानवअधिकार सहायता समितिबाट निर्णय गराएर आर्थिक सहयोग गर्ने भएकाले अलि ढिलो भएपनि वास्तविक पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताउनुभयो ।
इन्सेक केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्काले डिसिएको सहयोगमा पीडितहरूलाई न्यायमा पहुँचका लागि आर्थिक सहायता प्रदान गर्दै आएको बताउनुभयो । आर्थिक सहायता प्रदान गर्ने तरिकालगायतको कार्यको समिक्षा, र भावि रणनिति र प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आफूहरूले अनुगमन गरेको बताउनुभयो ।
डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानवअधिकार सहायता कक्षबाट प्रदान गरिदै आएको रकम वास्तविक पीडितकै हातमा पुगेकोले आफूलाई सन्तुष्टि लागेको बताउनुभयो । उहाँले पीडित भई सकेपछि आर्थिक रुपमा समेत पीडित हुनु स्वभाविक भएकाले तत्काल पीडितलाई नभई नहुने भएकाले पीडितलाई राहत महसुस हुने गरि सहयोग गर्ने यो सानो रकमले ठूलो उपलब्धि दिदै आएको बताउनुभयो । उहाँले यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले इन्सेकले मानवअधिकारको क्षेत्रमा गरि रहेको अभ्यासहरू निकै नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मानवअधिकार उल्लङ्घनका घटनाहरू देशभरबाट सङ्कलन गरि पुस्तक प्रकाशन गर्नु, पीडितलाई कानुनीदेखि उजुरी दर्तासम्म सहयोग गर्ने, र आर्थिक रुपमा समेत सहयोग गर्नु, सामाजिक सांस्कृतिक, शिक्षा, स्वास्थ्य, वातावरणलगायतको क्षेत्रमा काम गर्नु निकै सराहनिय भएको बताउनुभयो । उहाँले वास्तविक पीडितलाई आर्थिक सहयोग गर्दा पीडितलाई न्यायको पहुँचमा सहज हुने हुदाँ सहयोगको राशि बढाउनुपर्नेमा जोड दिनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…