मादी गाउँपालिकामा मानव अधिकारसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
मादी गाउँपालिकामा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते सम्पन्न भएको छ ।
स्थानीय तहमा शिक्षा, स्वस्थ्य, जातीय विभेद तथा वातावरणसम्बन्धी समस्या पहिचान, महिला हिंसा, यौन दुर्व्यवहार तथा अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा छलफल भएको थियो । साथै मानव अधिकार समूहको भूमिका तथा कार्ययोजना र अन्य विविध विषयमा बैठकमा छलफल गरिएको समूहका अध्यक्ष रुद्रनाथ अधिकारीले बताउनु भयो ।
गाउँपालिकामा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अभिभावक शिक्षाको अवश्यकता रहेको, दिवा खाजा व्यवस्थापनमा समस्या भएका कारण सो बारेमा छलफल भएको थियो ।
गाउँपालिकाभित्र अझै होमस्टे तथा सार्वजनिक स्थलमा जातीय विभेदको अवस्था कायमै रहेको, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको विषय औँल्याइएको थियो । बैठकले सार्वजनिक यातायातले मनपरी भाडा लिँदै आएको विषयमा पनि छलफल गर्दै पहिचान गरेका समस्यालाई सम्बन्धित निकायमा ध्यानकर्षण गराउने निर्णय गरेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
सञ्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…