मादी गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न
मादी गाउँपालिकामा मानवअधिकार समूहको दास्रो वर्षको पहिलो नियमिति बैठक २०८० भदौ २५ गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ ।
बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै राजकुमार विकको अध्यक्षतामा समितिको पुर्नगठन गर्दै तीन ओटा निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बताउनुभयो ।
बैठकले मानवअधिकार समूहलाई संस्थागत रुपमा दर्ता तथा सूचिकृत गर्नका लागि प्रक्रिया अगाडि बढाउने र विधान मस्यौदा तयार गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक रुद्रनाथ अधिकारी, सदस्य गीता सापकोटा र सहजकर्ता सुष्मा आचार्य अधिकारी हुनुहुन्छ ।
समूहले गाउँपालिकामा विभिन्न कार्यक्रम समेट्ने र मागदाबी पेश गर्नका लागि प्रक्रिया अगाडि बढाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखको संयुक्त रोहबरमा पेश गर्ने निर्णय गरेको छ ।
पुर्नगठित समूहको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिवमा रुद्रनाथ अधिकारी, सहसचिवमा ऋषिराम सापकोटा, कोषाध्यक्षमा कविता परियार चयन हुनुभएको छ । समूहको सदस्यमा बलराम परियार, होमबहादुर गुरुङ, चुडामणि बराल, गीता सापकोटा र मनोज बराल चयन हुनुभएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…