मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ ।
मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले वातावरणको संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
समूहका सचिव रूद्रनाथ अधिकारीले वातावरण संरक्षणका लागि गाउँपालिकाले वन्यजन्तु संरक्षण तथा फोहोर व्यवस्थापनका लागि नागरिकको आय आर्जन वृद्धि गर्ने खालका अनुदान कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भयो ।
वडा सदस्य तेजबहादुर रानाभाटले वातावरणको अधिकार मानवको नैसर्गिक अधिकार भएको भन्दै बढ्दो फोहोर मैला व्यवस्थापनका लागि पालिकाले २ स्थानमा डम्पिङ साइटको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनु भयो । शिक्षक सुरेन्द्र बरालले वातावरण सन्तुलनका लागि मानव र वातावरणीय तत्वबीच सन्तुलित सम्बन्ध हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा समूहका अध्यक्ष सपना परियार, उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सदस्य राजकुमार वि.क., ऋषिराम सापकोटा, इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य, आमा समूहका परिमाया गुरुङ, युवा क्लबका अध्यक्ष बुद्धि वि.क., वडा सदस्य दिप गुरुङ, सुस्मिता रानाभाट लगायतले वातावरण संरक्षणमा जोड दिनु भएको थियो । यस्तै मादी मानव अधिकार समूहको नियमित बैठक समेत सम्पन्न भएको छ ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…