मादीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक बिकास कार्यालय कास्कीको सहयोगमा मादी गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया जेठ ३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा मादी गाँउपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णराज दाहालले बालमैत्री वडा, बालमैत्री विद्यालय, बालमैत्री समाज बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिका स्तरमा बालमैत्री शासन स्थानीय समिति समेत बनिसकेको जानकारी गराउनु भयो ।
कार्यपालिका सदस्य लक्ष्मी गिरीले वडा स्तरमा सवै मिलेर बालमैत्री स्थानीय वडा बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरि शोभा गुरुङ्गले समाजमा बालबालिकाहरू प्रति हेर्ने दृष्टिकोणको बारेमा प्रष्ट रहेको जानकारी गराउँदै उहाँले बालमैत्री वडाको लागि सबैले आ–आफ्नो ठाँउबाट लाग्नु पर्ने अनुरोध गर्नु भयो ।
हिमालय आधारभूत विद्यालयकी कक्षा ८ की छात्रा स्वस्तीका भुजेलले विद्यालयमा महिनावारी हुँदा दिने सेनेटरी प्याड अपुग भएको बताउनुभयो । यसमा वडा कार्यालयबाट पनि हेर्नु पर्नेमा जोड दिनुभयो ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बालमैत्री स्थानीय शासन प्रति सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
इन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले बाल अधिकारको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
नारायण क्षेत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…