माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक तथा पुनर्गठन
माछापुच्छ्रे गाउँपालिकामा असोज ९ गते मानव अधिकार समूहको बैठक बसी समूहको पुनर्गठन गरिएको इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिनु भएको छ ।
गाउँपालिकाका सामाजिक कार्यकर्ताहरूको भेलाले कुलप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समूहको पुनर्गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा सुनिता परियार, सचिवमा प्रेमकुमारी अधिकारी, सहसचिवमा खडानन्द गौतम र कोषाध्यक्षमा देवी अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा दीलु पुन, शोभामोहन लम्साल, युवराज अधिकारी, कविता बिक र मित्रलाल अधिकारी चयन हुनु भएको छ ।
नवनिर्वाचित समूहको बैठकले यसअघि गाउँपालिकामा पहिचान गरिएका समस्याका बारेमा मागदावी गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताउनु भएको छ ।
सञ्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा…
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड
वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक…
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै…