माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक ०८१ वैशाख २९ गते सम्पन्न भएको छ ।
समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षता एवम् इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
बैठकमा मानव अधिकार समूहलाई गाउँपालिकामा दर्ता गर्न पेश गरिएको कागजातहरुको बारेमा फलोअप निरन्तर गर्ने, समूहका कार्य उपलब्धिका बारेमा सफलताको कथा बनाउने र पुनः अनुगमनमा गई समस्या पहिचानका लागि छुट्टाछुट्टै चार ओटा क्षेत्रमा संयोजक तोकी समयमा रिपोटिङ्ग गर्ने भनी निर्णय गरिएको छ ।
शिक्षा क्षेत्रमा कुल प्रसाद अधिकारीलाई संयोजक तोकिएको छ । स्वास्थ्य क्षेत्रमा प्रेमकुमारी अधिकारी, वातावरणमा दिलु पन्त र जातीय विभेदको क्षेत्रमा सुनिता परियारलाई संयोजकको जिम्मेवारी बैठकले प्रदान गरेको छ । बैठकले यस आर्थिक वर्षमा सफलता प्राप्त गरेका कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनकाे लागि गाउँपालिकामा बजेट सहितको कार्यक्रमको माग गर्ने निर्णय सर्वसम्मतले पास गरेको छ ।
बैठकमा कार्यक्रम अधिकृत सबनम शर्मा र सहजकर्ता शुष्मा आचार्यले सहजीकरण गर्नु भएको थियो ।
बैठकमा मानव अधिकार समूहको सदस्यहरु सुनिता परियार, कुल प्रसाद अधिकारी, दिलु पुन, देवी अधिकारी, केशु गुरुङ्ग, शोभामोहन लम्साल, बलराम पौडेलका साथै वडा स्तरको मानव अधिकार समूहको सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…